आयोगको काममा शंका नगर्न आग्रह
विकासे योजना तथा कृर्षि प्रवर्दनात्मक कार्यको नाममा भएको आर्थिक अनियमिततामा डोल्पाबाट परेका उजुरीमाथि अख्तियारले स्थलगत छानवीन सुरु गरेको छ।
विकासे योजना तथा कृर्षि प्रवर्दनात्मक कार्यको नाममा भएको आर्थिक अनियमिततामा डोल्पाबाट परेका उजुरीमाथि अख्तियारले स्थलगत छानवीन सुरु गरेको छ।
कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनिरहेको बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ। डोल्पाको करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए।
त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको रोगको नमूना परीक्षणको लागि बुधबार चिकित्सकसहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत पुगेको छ। फागुनको पहिलो सातादेखि फैलिएको रुघाखोकी र ज्वरोले सिँगो गाउँ थला परेपछि रोगको कारण पत्ता लगाउन चिकित्सकसहितको टोली हेलिकप्टरबाट रोग प्रभावित क्षेत्रमा पुगेको हो।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पुगेका छैनन्। पुस्तकबिना नै शैक्षिक सत्र सुरु भयो। तर पढाइले गति लिन सकेको छैन।
उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन्। चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन्।
डोल्पा र जुम्लाको सीमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ। आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दोस्रो पटक भारी हिमपात भएको छ। बुधवार बेलुका देखि परेको बर्षाका कारण बिहीबार राति डोल्पामा भारी हिमपात भएको हो।
जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गर्ने निर्णय गरेपछि समयमै खाना लिएर परिवार आउदैनन् कि भनेर चिन्ता लिनु पर्ने अवस्थाको अन्त्य भएको छ।
हिमाली जिल्ला डोल्पामा घरेलु हिंसाका घटना विगतको तुलनामा बढ्दो क्रममा रहेको पाइएको छ। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्लामा संकलन गरेको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनामा घरेलु महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको हो।
डोल्पामा सामाजिक बिकास कार्यालय नहुँदा प्रदेश मातहतका योजना कार्यान्वयनमा समस्या परिरहेको बेला विकास कार्यलाई सहज र प्रभावकारी बनाउन जिल्लामै पहिलो पटक सामाजिक विकास कार्यालय स्थापना गरिएको छ।
उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ। डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३ सय ४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ।
सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।
उमेरले उनी २२ वर्षकी भईन। बैवाहिक जीवनमा बाँधिएको पनि झण्डै ११ वर्ष पुग्यो। काखमा ३ र ५ वर्षिया दुई छोरीकी आमा बनेकी छन लिला थापा।समाजमा ब्याप्त जातीय विभेदलाई क्रान्तिकारी छलाङ मार्दै कुलाल थरका हरिचन्द्रसँग ०६५ फागुन ९ गते प्रेम बिवाह गरिन उनले।
हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ।
त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाभित्र आन्तरिक सडकमा चल्ने जीपहरुको नयाँ भाडादर कायम गरिएको छ। सदरमुकाम दुनै– जुफाल, रुपगाड– सुँपानी, जुफाल –सुँपानी, दुनै –सुँपानी र छलगाड– खदाङ्ग सडक खण्डमा चल्ने यात्रु जीपहरुको नयाँ भाडादर तोकिएको हो।