४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ।पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन्।

गुम्बाबाट लुटियो पुरातात्विक सम्पदा

उपल्लो डोल्पाको से–फेक्सुन्डो गाउँपालिका–४ स्थित देचेन लापराङ र वडा नम्बर ३ को से–चाखाङ गुम्बामा बन्दुक बोकेको एक समूहले गत साता पुरातात्विक महत्वका सम्पदा र मूर्ति लुटेर लगेका छन्।

डोल्पाको दुनैमा पहिलोपटक बस

हिमाली जिल्ला डोल्पामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ। बाँकेको नेपालगन्जबाट सोमबार हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो।

डोल्पामा पहिलो पटक गाडी पुग्यो

राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको नेपालको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ।सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो।यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ।

यार्सागुम्बा पाइने पाटनबाट फोहोर संकलन

यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ। डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर संकलन गरिएको हो।

रेडपान्डाको बासस्थान सङ्कटमा

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि...

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्।

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

ग्लोबल आइएमई बैंक अब ७७ वटै जिल्लामा

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औँ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

दुर्गमको पीडा: डोल्पामा सधैं टिकटकै सास्ती

बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन्। टिकटका लागि उनीहरु राति जाग्राम बस्छन्। 'उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन', समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, 'हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन। सक्दो मिलाउने प्रयासमा हुन्छौँ।'

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्।

डोल्पाको इतिहासमै पहिलो पटक बृहत सार्वजनिक सुनुवाई

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा सरकारी कार्यालयहरुवाट प्रदान गरिने सेवासुविधा नागरिकले भोग्नु परेका पीडा संघ र प्रदेश सरकारवाट आएका विकासी योजना र खर्चेको बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई गरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्