२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको छ। समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरूले सरकारद्वारा तोकिएभन्दा बढी शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहित गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदन तयार पारिरहेको हो।

शुक्लागण्डकीको बजेट ८६ करोड

शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न अनेरास्ववियुको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे।

स्कुल–स्कुलमा योग शिक्षाः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल–स्कुलमा पु–याउने बताएका छन्।

भर्नाअघि नै अन्याेल हटाउनु जरूरी

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ। यतिखेर साढे चार लाखभन्दा बढी विद्यार्थी आफूले प्राप्त गरेको नतिजा हातमा लिएर कक्षा ११ मा कहाँ कुन विषय लिएर पढ्ने भन्दै दौडधुप गरिरहेका छन्।

किन पढ्ने मानविकी र शिक्षा ?

एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा छन्। धेरै जिपिए ल्याउन सफल विद्यार्थी विज्ञान, व्यवस्थापन संकायमा भर्ना हुने तरखरमा छन् भने कमजोर विद्यार्थी मानविकी तथा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने योजनामा छन्। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वडिन पृथ्युचरण वैद्य राम्रो जिपिए ल्याउनेले विज्ञान र व्यवस्थापन र कमजोर विद्यार्थीले मानविकी, शिक्षाशास्त्र पढ्नुपर्छ भन्ने धारणा परम्परागत रहेको बताउँछन्। ‘यो मात्र संकाय छनोटको आधार हुनु हुँदैन,’ पूर्वडिन वैद्य भन्छन्, ‘यसमा धेरै तŒवहरू हुन्छन्, जसलाई गम्भीरतापूर्वक हेर्नैपर्छ।’

उच्च शिक्षाको खुड्किलो ‘आइटी’

एसइईको नतिजा सार्वजनिक भइसकेपछि विद्यार्थीमा अब के पढ्ने भन्ने कौतुहल बढेको छ। अहिले सूचना प्रविधिले मानिस घेरिएको छ। घरघरमा कम्प्युटर, हातहात ल्यापटप र स्मार्टफोन अहिलेको वास्तविकता हो। एसइई सकिनेबित्तिकै सूचना प्रविधिसम्बन्धी कुनै ठूलो कोर्स नभए पनि विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स अध्ययन गर्न सक्छन्।

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे।

भानुभक्त पुरस्कार उपाध्याय र असिम पुरस्कार सिवाकोटीलाई

नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने भएको छ ।

नागरिक शिक्षाको महत्व

उत्तरदायी संस्कार नै सुशासनको आधार भएकाले राजनीतिक आचरण र चरित्रमा निष्ठा अनिवार्य सर्त हो।उत्तरदायी संस्कृतिबाट अभिप्रेरित राजनीतिक दलले कुनै काम गर्ने निर्णय गर्नुअघि सोच विचार गरी सम्भावित परिणाम र असर पहिचान गर्छ र प्रतिकूल प्रभाव वा हानि हुने देखिए त्यस्तो कार्य रोक्छ।अहिले हाम्रो संविधान ऐन–कानुनअनुसार मुलकमा शान्ति, सुव्यवस्था कायम गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान पूरा गर्ने दायित्व सरकारको हो।लोकतान्त्रिक संविधानअनुसार निर्वाचित दुईतिहाइ बहुमतको सरकारले कार्यभार सम्हालेयता आफूले पूरा गर्नुपर्ने विकास र विदेश नीतिका सवालमा सबै राजनीतिक दलबीच आपसी समझदारी बढाउनुको सट्टा दुईतिहाइको दम्भमा अन्य दलहरूसँग दूरी बढाउँदै गएको छ।जिम्मेवार राजनीतिक नेताबाट एउटै घटनामा एक दिनमा एउटा दृष्टिकोण, फेरि अर्को दिन अर्को धारणा व्यक्त हुनु कहाँसम्मको राजनीतिक इमान्दारिता हो ? यस्ता परिस्थितिमा जनताले सधैँ चुपचाप सहने वा स्वीकार्ने गर्नु हँुदैन।यसै सन्दर्भमा प्रसिद्ध विद्वान् ब्राउन्सले भनेका छन्– ‘लोकतन्त्रमा नागरिक शिक्षाले स्वशासनको शिक्षा बुझाउँछ।’

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।

सुध्रिएन शिक्षा

शैक्षिक गुणस्तरका दृष्टिले फेरि एकपटक मुलुकले लज्जित हुनुपरेको छ । शैक्षिक नीति–निर्माण र वैदेशिक सहयोग शिक्षा क्षेत्र सुधारका लागि प्रयोग हुँदै आए पनि गुणस्तर बढेको देखिएन । विगतमा ‘फलामे ढोका’का रूपमा रहेको एसएलसीलाई विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षरांकन प्रणालीमा परिवर्तन गरेपछिको परिणामले आशाको सन्देश दिनुपर्ने हो तर स्थिति त्यस्तो देखिएन ।

सुध्रिएन सरकारी शिक्षा

सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न मूल्यांकनमा अक्षरांकन पद्धति लागू गरी पासफेलको अवधारणा हटायो तर त्यसअनुसार शिक्षण विधि सुधार गर्न भने सकेन। शिक्षण सिकाइ प्रणालीमा सुधार ल्याउन नसक्दा अक्षरांकन पद्धति लागू भएको चार वर्ष बित्न लाग्दा समेत नतिजामा सुधार आउन सकेको छैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजाले अवस्था खासै सुधार हुन नसकेको देखाएको छ। नतिजाले सरकारी स्कुलका विद्यार्थीको स्तर त झनै कमजोर रहेको देखाएको छ।

सांसद, अभिनेत्रीलगायतको एसइईपछिको योजना, करिश्मा दोधारमा

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक भएसँगै उत्तीर्ण सांसद, अभिनेत्रीलगायतले एसइईपछिको विविध सपनाका सँगालेका छन्। यसवर्षको एसइईमा सहभागी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी बि ग्रेड र उनकी छोरी बिनु चौधरी बि प्लस ग्रेडसहित उत्तीर्ण भएका छन्। चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि बि प्लस ग्रेड ल्याएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्