२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भानुभक्त पुरस्कार उपाध्याय र असिम पुरस्कार सिवाकोटीलाई

काठमाडौं – नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने भएको छ।  यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको १०६ औं जन्मजयन्तीका दिन उक्त पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ।

परिषद्को बैठकले यस वर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यसेवी शेषराज सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत् उनलाई आगामी साउन ३२ गते परिषद्को वार्षिकोत्सवका दिन पुरस्कार दिन लागिएको हो।

परिषद्ले २०५२ देखि  भानुभक्त  र २०५० देखि असिम पुरस्कार प्रदान गर्दै आएको हो। रासस

प्रकाशित: १७ असार २०७६ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App