२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

यसरी हेर्ने सकिन्छ ‘एसईई’को नतिजा

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाइएको छ ।

शिक्षामा नारा नयाँ, पारा पुरानै

नेपालको संविधान २०७२ अनुरूप विद्यालय तहको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्न गएको छ। संघीय शासनमा विद्यालय तहको शिक्षा स्थानीय सरकारले हेर्ने संवैधानिक व्यवस्थाअनुसार केही प्रदेशमा स्थानीय तहहरू स्थानीय पाठ्यक्रम निर्माण, पोसाकमा एकरूपतादेखि निजी र सामुदायिक विद्यालयलाई मर्ज गरी विद्यालय शिक्षा सुधारमा जुट्दै छन्।

‘शिक्षा ऐन मस्यौदा परीक्षा बोर्डको हितमा छैन’

शिक्षा मन्त्रालयले बोर्डको सबै अधिकार आफ्नो मातहत राखेकाले नयाँ तरिकाबाट बोर्डलाई अघि बढाउन सजिलो छैन। प्रस्तावित शिक्षा ऐन मस्यौदा परीक्षा बोर्डको हितमा नभएको विज्ञ बताउँछन्। बोर्डका नीति, नियम तथा नियुक्तिका सबै काम मन्त्रालयले नै गर्दै आएको छ। यस्तोमा झन् बोर्ड अध्यक्ष नै मन्त्रालयका सचिव हुँदा बोर्डले प्रभावकारी काम गर्न नसक्ने गुनासो गरिएको छ।

शुक्लागण्डकीले प्राविधिक शिक्षाको पाठ्यक्रम बनाउने

मुलुकको शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादनमा मात्रै सघाउ भएकाले अन्तराष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार पार्न गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्दैछ।

‘शिक्षा ऐन मस्यौदा परीक्षा बोर्डको हितमा छैन’

शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा शिक्षा मन्त्रालयको सचिव राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष हुने व्यवस्था गरेको छ। हाल यो ऐन अर्थ मन्त्रालयको स्वीकृतिपछि कानुन मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जनाएको छ। हाल राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष प्रतिस्पर्धाबाट छनोट हुने गरेको छ।

उच्च शिक्षामा अराजकता छः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।

एसइईका सहभागीले टिएसएलसीमा भर्ना नपाउने

सिटिइभिटिबाट स्वीकृति लिएर नेपालमा साढे दुई दशकदेखि प्राविधिक स्वास्थ्यतर्फ १८ महिने टिएसएलसी पढाउने कलेजको नवीकरण रोकिएपछि सञ्चालकहरुले सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

‘मानविकी र शिक्षाशास्त्र समयसापेक्ष हुन सकेन’

‘त्रिविमा भर्ना भएका विद्यार्थीमध्ये ४५ प्रतिशत व्यवस्थापनमा, २० प्रतिशत मानविकी र १९ प्रतिशत शिक्षाशास्त्र संकायमा भर्ना भएका छन्

संस्कृत शिक्षाको उत्थानमा जोड

नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन्। भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलमा सो सहमति भएको हो।

एनओसी कसले पाउँछन् कसले पाउँदैनन् ?

नेपाल सरकारले मंगलवार सूचना प्रकाशित गरी वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिन रोकेपछि विद्यार्थी अन्योलमा परेका छन्। सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णय गरेपछि अध्ययनको लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थीहरु अन्योलमा परेका हुन्।

विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी

सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।

खोटाङमा प्रदेशस्तरीय प्राविधिक शिक्षालय

खोटाङको नुनथलामा १ नम्बर प्रदेशस्तरीय बहुप्राविधिक शिक्षालय उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित महुरेमा स्थापना गरिएको महुरेगढी बहुप्राविधिक शिक्षालय मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन्।

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्