१५ मंसिर २०८१ शनिबार
image/svg+xml

महेन्द्रनगरमा कर्फ्यू हट्यो, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ

कञ्चनपुर घटनाकाे सत्यतथ्य पत्ता लगाउन नेकपा नेताकाे माग

नेकपाका नेताहरुले कञ्चनपुर घटना बारे सत्यतथ्य पत्ता लगाई दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्।

कार्यकर्ता हत्याको छानविन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले ओखलढुंगाका आफ्ना कार्यकर्ता सन्तोष कार्कीको सुनियोजित हत्या भएको भन्दै छानविन गर्न माग गरेको छ।

निर्मला हत्या प्रकरण : अान्दाेलन चर्कदै, बिहानैदेखि अान्दाेलनकारी सडकमा

निर्मला पन्तको बलात्कारपछि हत्या गरेका दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शनमा उत्रिएका कञ्चनपुरबासीले आन्दोलन चर्काउँदै लगेका छन्।

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।

कपाल काेर्न नमानेकी छाेरीकाे अामाकाे कुटाइले ज्यान गयाे

कुटपिट गरी छोरी मारेको अभियोगमा बिर्तामोड नगरपालिका ५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।

निर्मला हत्या प्रकरण : प्रदर्शनकारी र प्रहरीबीच झडप, १२ सेल अश्रुग्यास प्रहार

बलात्कार पछि हत्या गरिएकी तेह्र वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आन्दोलनमा उत्रीएका प्रदर्शनकारीमाथि प्रहरीले बुधवार (आज) १२ सेल अश्रुग्यास प्रहार गरेको छ।

निर्मला हत्या प्रकरण : अान्दाेलनकारी र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

तेह्र वर्षीया बालिका निर्मला पन्तको प्रहरीले बास्तवित हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन्।

झाको झ्यालको जाली कसले काट्यो ?

पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धानमा प्रहरी लागेको छ। टाउको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको थियो। झाको हत्या भएको प्रहरीले शंका गरेको छ। फ्रान्सका लागि पूर्व नेपाली राजदूत झाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले कुकुरको समेत प्रयोग गरेको छ।

पूर्वराजदूत केशव झा मृत फेला, हत्या गरिएको प्रहरीकाे आशंका

पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। टाउँको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको हो।

सुरक्षा गार्डको हत्या

अज्ञात समूहले मोरङको विराटनगर–२ धरानरोड स्थित न्यूविकी हार्डवयरका सुरक्षा गार्ड टंक भट्टराईको हत्या गरेको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ।

धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको विभत्स हत्या

मोरङको ग्रामथान गाउँपालिकामा धोका दिएको भन्दै प्रेमिले घरेलु हतियार प्रहार गरी प्रेमिकाकाे हत्या गरेका छन् । विराटनगर–१३ का  दिनेश भट्टराईले सोहि स्थानकी शिखा घिमिरेको शुक्रबार हत्या गरेका हुन् ।

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीको शान्ति वार्ता चलिरहेको समयमा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड पश्चात मुलुकमा ११ वटा सरकारका नेतृत्व परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिष्टकै नेतृत्वमा सरकार बन्यो। तर १५ बर्षदेखि आँखा रसाउँदै बसेका पीडितहरुलाई राज्यले अझै पनि सम्बोधन गर्न सकेको छैन।

२१ दिन वित्दा समेत पत्ता लाग्न सकेनन् निर्मला हत्याकाण्डका दाेषीहरु

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे ...’ । कञ्चनपुर सदरमुकाम भिमदत्तनगर बजारमा यतिबेला दिनहुँ यीनै शब्द गुञ्जिने गरेका छन्। तीन साताअघि बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्याराको खोजी गरी परिवारलाई न्याय र अपराधीलाई कार्वाहीको कठघरामा उभ्याउनु पर्ने माग राख्दै स्थानीय महिला घटनाको विरोधमा हरेक दिन सडकमा उत्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्