२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कञ्चनपुर घटनाकाे सत्यतथ्य पत्ता लगाउन नेकपा नेताकाे माग

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापा ।

काठमाडाैं - नेकपाका नेताहरुले कञ्चनपुर घटना बारे सत्यतथ्य पत्ता लगाई दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्। हस्ताक्षर सहित पेस गरिएको ६ बुँदे ज्ञापन पत्रमा घटनाबारे छानविन गर्न उच्च स्तरीय छानविन टोली गठन गर्नुपर्ने, पिडीत परिवारलाई उचित छतीपूर्ति दिनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुको राज्यले उपचार गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने, कञ्चनपुरको भीमदत्तनगरमा भएको घटनाबारे गृहमन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने लगाएतका माग समेटिएका छन्।

ज्ञापन पत्रमा प्रहरी अनुसन्धानमाथीनै शंका उत्पन्न भएकोले आन्दोलनले दिनप्रतिदिन ठुलो स्वरुप लिइरहेको र सरकारले उपयुक्त कदम यथासिघ्र चाल्नुपर्ने उल्लेख छ। ज्ञापनपत्रमा नेकपाका स्थायी समिती सदस्य लेखराज भट्ट, केन्द्रिय सदस्य लक्ष्मणदत्त जोशी र देविलाल चौधरी लगाएत अन्य युवा नेताहरुको हस्ताक्षर रहेको छ।

भीमदत्त नगरपालिका २ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा १९ को एक उखुबारीमा फेला परेको थियो।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका १९ बागफाँटाका ४१ बर्षीया दिलिपसिंह विष्टलाई बलात्कार गरी हत्या गरेकाे अभियाेगमा पक्राउ गरी सार्वजनिक गरेको थियो। मानसिक अवस्था कमजोर भएका बिष्टलाई हत्याराभनि सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो। 

 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापा ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App