झापा - कुटपिट गरी छोरी मारेको अभियोगमा बिर्तामोड नगरपालिका ५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।
स्कुल जाने बेला कपाल कोर्न नमानेको कारण हेमन्ताले अाफ्नी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङलार्इ लाठीले कुटपिट गरेकी थिइन। कुटपिटबाट गम्भीर घाइते भएकी उनकाे बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेकाे जानकारी दिएकाे छ ।
प्रकाशित: ६ भाद्र २०७५ १३:१५ बुधबार