चार दिनदेखि आयात-निर्यात ठप्प
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङभन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङभन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ।
नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ।
नेपाल–चीनबीच हुने सीमा सुरक्षा बैठकमा नेपाली पक्षले चार वर्षदेखि बाहिरी जिल्लाका नागरिकका लागि ‘वान डे पास’ उपलब्ध गराउनु पर्ने माग गर्दै आएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउनथाल्यो। २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौं ल्याउने बताइरहेका छन्।
सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
चीनले आयोजना गरेको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको ३८ बुँदे संयुक्त घोषणापत्र अनुसूची १ मा ‘सम्पर्क सञ्जालद्वारा उत्प्रेरणा र सहयोग गर्ने आर्थिक कोरिडर र अन्य परियोजना’ अन्तर्गत २३ नम्बरमा ‘नेपाल–चीन सीमापार रेलमार्गसहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ उल्लेख गरिएको छ। १ सय ५० मुलुकआबद्ध बिआरआईको उक्त महत्वपूर्ण दस्तावेजमा नेपालीको सपना बोकेको परियोजना समावेश गर्नु उल्लेखनीय र महŒवपूर्ण हो। यस विषयले नेपालमा फेरि चिनियाँ रेलको बहस उजागर गरेको छ।
केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन्। काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन्। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरूले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए।
चीनको राजधानी बेइजिङमा शुक्रबार सुरु भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालय पार गरेर नेपाल जाने रेलबारे चर्चा गरिन्। उद्घाटन समारोहपछि आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले रेलको चर्चा गरेकी हुन्।
चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकलाई चीन प्रवेशका लागि अस्थायी अनुमति पत्र दिन सुरु भएको छ। लामो समयदेखि पहल थालिएको भए पनि सोमबारदेखि औपचारिक रूपमा प्रवेश अनुमति पत्र दिन सुरु गरिएको हो। सोमबार चिनियाँ पक्षले सन्तबहादुर वाइबालाई पहिलो पटक पास उपलब्ध गराएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं – केरुङ र काठमाडौं- रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्षभित्र तयार हुने बताएका छन्।
चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्। अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ। चिनियाँ पक्षले तीन महिनाअघि नै प्रवेश अनुमति दिएको भए पनि नेपालबाट यसको प्रक्रिया टुंगिएको थिएन।
चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ। चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एकवर्षे अस्थायी प्रवेश अनुमति दिन लागिएको हो।
चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ। चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै रोकिएका छन्।