उद्देश्य
मोतीको माला चुँडिएर छरपष्ट भई छरिएजस्तो अक्षरहरू पढ्न नजान्ने अबोध बालकजस्तै म कति निरीह र विवश छु नियतिको फन्दामा परेको मेरा जीवनका पाइलाहरू निरुत्तर बढिरहेका छन् उद्देश्यविहीन यात्रा थाहा छैन कहाँ पुग्छु म कहिलेसम्म एक्लै हिँड्नु सहयात्री पनि त छैनन् तैपनि म बाटो खोजिरहेकी छु उद्देश्य त धेरै टाढा छ ।