२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताली

काम विशेषले आउने कर्मचारीहरू पनि भन्ने गर्थे – अब्बल छन् हजुरका कथा । पढ्दाखेरि आफ्नै जीवनकथा प्रतिबिम्बित भएजस्तो लाग्छ । मान्नुपर्छ हजुरको कलमलाई पनि।

अन्तरवार्ताको अन्तर्य

नेपालका कोही पनि नेताले सत्तामा हुँदा भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्छन् वा गर्न सक्छन् भनेर कोही पनि भ्रममा नपरौं । यस्तो ठान्ने गर्नुभएको छ भने मान्नुस् तपाईं ठूलै भ्रममा हुनुहुन्छ । हालको प्रधानमन्त्रीको अन्तर्वार्ता पनि त्यस्तै हो ।

घरको नक्सा

मैले हुन्छ भन्न पनि सकिन र हुन्न भन्न पनि सकिन । हुन्न भन्दा उनको चित्त दुख्थ्यो भने हुन्छ भन्दा घर निर्माणको परिस्थिति बनिसकेको थिएन । हुन्न भनेर म उनको चित्त दुखाउन चाहन्नथें । मौनता परिस्थिति बन्यो।

समृद्धि ल्याउँछौं भन्दै

समृद्धि ल्याउँछौं भन्दै व्यर्थ चर्को नारा लाउने हुन् ,विकासको नाममा देशको ढुकुटी सारा सकाउने हुन् ।एकताको नाटक खुब मञ्चन भो देशको रंगमञ्चमा, जो आए पनि उनै भ्रष्टाचारी ज्यानमारा आउने हुन् ।

सिंह उहिले र अहिले

उहिलेका सिंहहरू ब्वाँसाहरू लखेट्थे र आफ्नो सिमाना सुरक्षा गर्थे अहिलेका कृत्रिम सिंहहरू आफ्नो वरिपरि हैकम जमाउँछन् सिमानाको बाघ भनेपछि सुरुवाल भिजाउँछन् आफ्नो आहारा नजराना टक्र्याउँछन् बस् यति फरक छ उहिले र अहिलेको सिंहमा ।

पगाहा

सासूआमाले भनेको सम्झिन्छु – बिहे गर्दा एघार वर्षकी थिएँ ज्वाइँ साहेब । मालिक साहेबले पहिले नै छोडिहाल्नु भो । एक्लै जीवन गुजारियो । यही गाईबाख्रा जानियो । गाईबाख्रा गर्दै दिनहरू बिते । यही धर्तीमाताकै सेवामा बिताइयो । यही घाँसपातमा हुर्कियो । यही चुलोचौकोले सिकायो । बुढो बनायो । कहिलेसम्म छ निमित्त । लेखान्त । त्यतिन्जेलसम्म यही संसारमै रमाउनुपर्छ । पृथ्वीको खाएपछि सेवा गर्नु पर्दैन त ?

भाङको लड्डु

नेताले कुटिल हाँसोका साथ भन्यो – भाङ लाग्नुअघि मानिस चनाखो हुन्छन् । मानिस जब भाङ लाग्छ ऊ एकोहोरो हुन्छन् नि । हो त्यस्तै हामी पनि भाङको लड्डु बाँड्छौं । डोज हेरेर दिएपछि नलाग्ने कुरा नै छैन । यी लाखौं बन्डल र हाम्रो भाषण उस्तै हो।

कहीँ कतै खुसीको रङ्ग भेटिन्न आजभोलि,

कहीँ कतै खुसीको रङ्ग भेटिन्न आजभोलि,वचनको धारले नि मुटु रेटिन्न आजभोलि ।यसरी फैलिरहेछ वितृष्णाको डढेलो यहॉ,पानीले कसैको प्यास मेटिन्न आजभोलि ।

आँधी खोला सलल

बुबाआमा मलाई औधी माया गर्नुहुन्थ्यो । मेरो शारीरिक अवस्थाप्रति चिन्तित हुनुहुन्थ्यो । हरेक पल मेरो स्वर्णिम भविष्यका लागि भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो । हररात मेरै निम्ति एउटै सुन्दर सपना साँच्नुहुन्थ्यो । तर , त्यो सपना साकार भएको देख्न नपाउँदै उहाँहरूलाई निष्ठूरी कालले टपक्क टिपेर लागिदियो । म रोएँ, कराएँ, केही वर्ष पर्खिदिन बिन्ती गरे । अहँ, उसले सुनेन आखिर मलाई टुहुरी बनाएरै छोड्यो ।

कोरोना भगाउने पुच्छर

म गाली गर्दिनँ । कोरोना भगाउने पुच्छर भनेर कस्ले लेखेको हो भन ? अहिले छ कक्षामा नै यस्तो सोच्ने मानिस त ठूलो भएपछि वैज्ञानिक बन्छ । अब भन त यो कक्षाको महान वैज्ञानिक को हो ?

मोबाइल गाथा

हो, म मान्छु । मलाई दुरुपयोग गरेर हजारौं आपराधिक कामहरू भएका छन् । पेट भर्न मान्छेले अपराध गरेका हुन् । उसो भए मान्छेकै मुख सिउनुपरयो ? के हजुरहरू मुख सिउन तयार हुनुहुन्छ ?

हुन नसकेको म

सायद, म को हुँ म किन जन्मे मैले मलाई चिन्न सकिन अन्ततोगत्वा पाउँछु भेटाउँछु सबैसबै सवाल –जवाफ यसरी त म को हुँ त्यो हुन सकिन र त भन्छु हुन नसकेको म ।

सजाय

तपाईलाई कति जान्ने हुनु परेको भुक्तानी सिफारिस गरी ल्याउनोस्। तपाईहामी एकदुई जना इमानदार भएर के हुन्छ यो देशमा ? ” सायद ऊ पनि माथिको दबाब या प्रभावमा थिए।

कालो दिन–माघ ३

यस्तो ‘कालो दिन’ कहिल्यै नआओस् भन्ने लाग्छ । तर, हरेक वर्ष यो दिन फर्केर आइरहन्छ । पत्ता नलागेका अपराधी त लागेनन्, दण्डित भएनन्, तिनको भलो चाहनुको विकल्प नै के र ? तर निर्दोष व्यक्तिको हत्या जस्तो जघन्य अपराधमा संलग्न भएका प्रस्ट चिनिएका अपराधीहरू पनि दण्डित नगरिएका बरु चर्का कुरा गर्दै छाती फुलाएर हिंडिरहेकामा चाहिँ असाध्य चित्त दुख्दछ ।

खुनको प्यास

अक्सर लासको थुप्रो देखेको छु रगतको आहालमा छटपटाएकाहरू देखेको छु तर, अहिलेसम्म बन्दुकले जति पनि मारिए खालि सिधासादा नै मारिए जस्तो कि मृग ढुकुर कालिज बन्दुकको नाल अपराधितिर कहिल्यै फर्किएन जस्तो कि ब्वाँसो सर्प सिंह सायद अपराधी अपराधीकै मित्र हुन्छन् संसारमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्