२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

समृद्धि ल्याउँछौं भन्दै

मुक्तक

                    १)

बुद्धि – विवेक उस्तै निम्न भोटो फटाए नि,

आश्वासनको मिठो चटनी सधैं चटाए नि ।

कहाँ मान्छ मैना सुगाले मालिकको कुरा,

विरुद्धमा सुगाले बोल्दैन झूटो रटाए नि।

                  २)

कति व्यस्त हो आजभोलि हिँड्ने सडक पनि,

बाटो –दोबाटोमा देखाए राजनैतिक चटक पनि ।

समृद्धिको जालमा माछा फस्दै फस्दैन् हजुर,

खाडलमा आफैं पर्ने देखाउदै छौं  छनक पनि ।

                      ३)

समृद्धि  ल्याउँछौं भन्दै  व्यर्थ चर्को नारा लाउने  हुन् ,

विकासको नाममा देशको ढुकुटी सारा सकाउने हुन् ।

एकताको नाटक खुब मञ्चन भो देशको रंगमञ्चमा,  

जो  आए पनि  उनै भ्रष्टाचारी ज्यानमारा आउने हुन् ।

                       ४)

चट्टानभन्दा कडा फूलजस्तै नरम पचाएकै हुन,

लगाएर सत्ता भागबन्डा नरमगरम पचाएकै हुन।

किन सडकमा फलाक्छौ देश बनाउने कुरा गर्छौ,  

विगतमा त यिनले पनि लाजसरम पचाएकै हुन।                   

प्रकाशित: ५ माघ २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App