२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कहीँ कतै खुसीको रङ्ग भेटिन्न आजभोलि,

मुक्तक

 

१)

आँखा  पिरो अनि मन अमिलो भाको  छ,

धन्न आँसु छ र बॉच्न सजिलो भाको छ।

कोही त थियो हिजो यो माटो रगतले सिॅच्ने,

र त आज कमरेडको भोज रसिलो भाको छ।

 

२)  

कहीँ कतै खुसीको रङ्ग भेटिन्न आजभोलि,

वचनको धारले नि मुटु रेटिन्न आजभोलि ।

यसरी फैलिरहेछ वितृष्णाको डढेलो यहॉ,

पानीले कसैको प्यास मेटिन्न  आजभोलि ।

 

३)  

भोकले घरीघरी पेट कराउॅछ  छिटो आऊ है आमा,

निदले छोपेसी तिर्खा नि हराउँछ  छिटो आऊ है आमा।

जब दिन ढल्छ र अन्धकार ओर्लन्छ धर्तीमा ,

यो मन असाध्यै डराउॅछ छिटो आऊ है आमा ।

 

४)

रित्ता थालका अगाडि फूल छर्नेहरू होसियार,

हामीलाई रैती सम्झेर राज गर्नेहरू होसियार ।

तिम्रा हरकतको एकएक हिसाब राखेका छौ सुन,

हाम्रै रगत पसिनाले भकारी भर्नेहरू होसियार ।

 

५)

 उमङ्ग  रहेन  जिन्दगीसॅग  हॉसो  रहेन,

हर्ष  – खुसी  र  आरामप्रति  चासो  रहेन ।

थकित छु पसिना लुट्नेहरूको लर्को देखेर,

र  पनि  कसैसॅग  केही  गुनासो  रहेन ।

प्रकाशित: ५ माघ २०७७ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App