२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खुनको प्यास

कविता

 

 

यतिबेला

बन्दुकको नालमा बारुद भरिरहेछु म  

केप तन्किएपछि  

नालबाट फुत्किने बारुद र गोलीले  

प्रणयमा रमाइरहेका परेवा  

विधवा हुन्छन्  

वा ढुकुर  

वा शहर बस्तीमा उदण्डता मच्चाइरहेका  

राँगाहरू मारिनेछन्  

वा साँढेको फिला चुँडिने छ  

 

हेर्दा सामान्य भए पनि  

थुप्रै रगत पिएको छ बन्दुकले  

निसाना चुकेको छैन  

बारुद हो सल्किएपछि निभ्ने छैन  

वर्षौदेखि दागिएको निसाना हो  

गोली चुक्ने छैन  

 

अक्सर  

लासको थुप्रो देखेको छु  

रगतको आहालमा छटपटाएकाहरू देखेको छु  

तर,  

अहिलेसम्म  

बन्दुकले जति पनि मारिए  

खालि  

सिधासादा नै मारिए

जस्तो कि

मृग

ढुकुर  

कालिज

बन्दुकको नाल  

अपराधितिर कहिल्यै फर्किएन  

जस्तो कि  

ब्वाँसो

सर्प

सिंह

 

सायद  

अपराधी अपराधीकै मित्र हुन्छन्  

संसारमा ।

प्रकाशित: ४ माघ २०७७ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App