सिंचन गर्दैछु बालुवा शीत आँखाको झारेर,
किन्दैछु खुशी बच्चाका भेडीगोठ नदी तारेर।
रापिलो छ रातो सूर्य, बाफिलो छ यो बालुवा,
किन्दैछु स्कुल बहिनीको ऊँटका बथान सारेर।
छयालीसको गर्मीसंगै बहन्छ धारा पसीना,
किन्दै छु सुख प्यारीका झाडीमा गोमन मारेर।
चल्छ ओभरटाइमसँगै विदेशी घडी साहुको,
किन्दैछु गौरव बाबाको, स्वाभिमान सिंगै हारेर ।
प्रकाशित: ७ माघ २०७७ १०:५४ बुधबार