हॉंसी देऊ न ए माया नजर जुद्धामा,
बोली देऊ न ए माया हल्का मुस्कानमा।
सारा संसार अडेको छ माया – प्रेममा,
राखी देऊ न यो माया दिलको कुनामा ।
सोचेजस्तो जिन्दगी कहिले हुन्छ र,
बसी देऊ न मायालु दिलको पानामा।
ॲाखाभित्र तिम्रो तस्विर झ्याप्पै भैसक्को,
यी ओठमा तिम्रो नाम टक्कै आइसक्यो ।
सास पनि तिमीबिना रोकिन्छ कि अब,
सारा कुरा मेरो अब तिम्रो भैइसक्यो ।
हॉंसी देऊ न ए माया नजर जुद्धामा,
भेट हुॅंदा बोली देऊ न हल्का मुस्कानमा।
प्रकाशित: ८ माघ २०७७ ०५:३३ बिहीबार