५ आश्विन २०८१ शनिबार
image/svg+xml

लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली भन्छन्: पहिला नीति परिवर्तन अनि निर्देशन

पुस १८ र १९ गते सचिवहरुसँगको छलफलपछि उनले सचिवहरुलाई आफ्नो विभागमा रहेका समस्या समाधान गर्न र सर्वसाधारणका समस्या राम्रोसँग पहिचान गरी यथार्थ नजिक पुग्न भन्दै निर्देशन दिए।

भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ।

बजेट नल्याउने पालिकालाई संघीय मन्त्रालयको परिपत्र

चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।

गाउँका सिंहदरबार सबल बनाउन अर्बौं खर्च, उपलब्धि न्यून

जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि प्रत्येक प्रदेशमा वार्षिक ३५ करोड रूपैयाँ छुट्याउने गरिएको छ।

रोजगारीका लागि विदेशिने जुम्लाका युवायुवती बढ्दै

चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ८२ युवायुवतीहरू विदेशीएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।

भक्तपुरमा पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुहोस्ः प्रमुख जिल्ला अधिकारी शर्मा

उनले भने, ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ। जिल्लामा पूर्ण शान्ति सुरक्षा छ । सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्न सक्नुहुनेछ।’

नागरिकता एवं राहदानी वितरण स्थगित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।

यस्तो छ नवलपरासीपूर्वमा निर्वाचनको तयारी!

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, 'निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।' निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।

इलाका प्रशासन कार्यालय टीकापुरको भवन समय अगावै निर्माण सम्पन्न

विकास निर्माणका काममा ढिलासुस्ती भैरहेको जनगुनासो बढेको बेला इलाका प्रशासन कार्यालय टीकापुरको भवन भने निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ।

निर्वाचनमा नेपाल भारत सीमाना बन्द हुने

साथै सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, जाली नोट नियन्त्रण लगायतका साझा सवालमा निर्णय भएको अर्यालले बताए।

तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।

सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन्। शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन्।

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्