२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुरमा पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुहोस्ः प्रमुख जिल्ला अधिकारी शर्मा

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताएका छन्।  

आईतबार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरका सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको बताएका हुन्। उनले भक्तपुरमा पूर्ण शान्ति सुरक्षा रहेकाले ढुक्कसँग मताधिकारको प्रयोग गर्न मतदातासमक्ष आग्रह गरे। उनले सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्नसक्ने बताए।  उनले भने, ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ। जिल्लामा पूर्ण शान्ति सुरक्षा छ । सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्न सक्नुहुनेछ।’

प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यका लागि आज एकैचरणमा देशभर निर्वाचन भइरहेको छ। गृह मन्त्रालयले देशभर अहिलेसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको जनाएको छ। 

प्रकाशित: ४ मंसिर २०७९ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App