२६ आश्विन २०८१ शनिबार
image/svg+xml

कुमारीको कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति विश्वको जुनसुकै देशबाट पठाइएको रकम तुरुन्तै भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

पाण्डेविरुद्ध यौन शोषणको अर्को पनि आरोप

प्रहरी अझै पनि कुन मुद्दा चलाउने र अनुसन्धान गर्ने विषयमा अन्योलमै छ। त्यसका लागि आवश्यक परामर्शको काम पनि भइरहेको प्रहरीस्रोत बताउँछ। मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमध्ये कुन मुद्दा चलाउने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन। प्रहरीस्रोत भन्छ, ‘कानुनी हदम्यादलगायतका कारण जबरजस्ती करणीको मुद्दा कति सम्भव हुन्छ? त्यसमा छलफल गरिरहेका छौं। अहिलेसम्मको अवस्थामा मानव बेचबिखनमा अनुसन्धान गर्ने कि भन्ने अवस्थामा पुगेका छौं।’

भिजिट भिसामा महिलालाई ‘कडा सर्त’

वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने गरेको गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले माघ ११ गते मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए।

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

फ्री भिसा टिकट व्यवस्थाबाट विदेश जाने युवाले फाइदा लिन नसकेको र राज्यले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेकाले सबैको सल्लाह र सहमतिमा यसमा पुनरवलोकन गर्न जरूरी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्।

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश

डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

खुल्यो अनअराइभल भिसा

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ।

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन्।

पर्यटकलाई मापदण्ड अवरोध

उडान खुलेसँगै सरकारले आठ महिनापछि नोभेम्बर १७ देखि नेपालमा विदेशी पर्यटक आगमन खुला गरे पनि सरकारी मापदण्डका कारण पर्यटक संख्या बढ्न सकेको छैन। बन्दाबन्दीको आठ महिनापछि पर्वतारोहण र पदयात्रा नियमित भए पनि अझै विदेशीलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता कायमै रहेकाले पर्यटक संख्या बढ्न नसकेको व्यवसायीको बुझाइ छ।

भिजिट भिसामा नयाँ प्रस्तावको चर्को विरोध, अध्यागमन घेराउ

भिजिट भिसा लिएर विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस तथा घरपरिवारको सहमति चाहिने मस्यौदा प्रस्तावबाट पछि हट्ने संकेत सरकारले दिएको छ। अध्यागमन विभागले विदेश जाने महिलालाई अनिवार्य रूपमा स्थानीय तहको सिफारिस तथा घरपरिवारको सहमति चाहिने निर्णय गराउन गृह मन्त्रालयमा आन्तरिक कार्यविधि संशोधनको प्रस्ताव गरेपछि चर्को विरोध भइरहेको छ।

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ। गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ।

भिजिट भिसाबारे गगन थापाको प्रश्न : अंग्रेजी नजान्ने नागरिक हैन?

सरकारले भिजिट भिसाको प्रावधान परिवर्तन गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्