९ आश्विन २०८१ बुधबार
image/svg+xml

पोर्चुगलमा नेपाल चिनाउँदै

राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्।

‘डेरी उद्योगमा विदेशी लगानी अनावश्यक’ : व्यवसायी

विदेशी लगानीसम्बन्धी विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको विरोध।

प्रचार नरुचाउने व्यवसायी

आङछिरिङ शेर्पा, जुन नाम धेरैले सुनेका तर नचिनेका व्यक्ति। एक सफल पर्यटन तथा उड्डयन व्यवसायी। सञ्चारमाध्यममा त्यत्ति आउन नरुचाउने उनै व्यवसायी अब सम्झनामा मात्र रहनेछन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा

मुलुकको समृद्धिका लागि उद्योगी व्यवसायीको अहमं भूमिका रहेको भन्दै उनीहरुका जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।उद्योगी व्यवसायी संघहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो साधारणसभामा आइतबार आफ्नो धारणा राख्दै उनीहरुले सो धारणा राखेका हुन्।

नेपालीका व्यवसायमा मन्दी

राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए। ‘पहिले जस्तो चहलपहल छैन,’ उनले नागरिकसँग भने, ‘नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु?’

नेपाल उपर्युक्त गन्तव्य हो, लगानी गर्न आउनुस् : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बीईआई) ले आयोजना गरेकोे कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए।

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

पोल्ट्री भ्याक्सिन र फीडबारे प्रशिक्षण

नेपालमा पोल्ट्री व्यवसाय व्यावसायिक बन्ने क्रममा कुखुरापालनमा जैविक सुरक्षा र नियमित खोप(भ्याक्सिन)बारेमा चासो दिन थालिएको छ । यसै सन्दर्भमा पोल्ट्री भ्याक्सिनको आयातकर्ता कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सले ईटालीस्थित बहुराष्ट्रिय कम्पनी आइजो र भ्याक्सिनोभा इन्टरनेशनलका उत्पादनहरुको जानकारी दिने उद्देश्यले सेमिनारहरुको आयोजना गरेको छ ।

बादी उत्थान समिति विघटनको विरोध

हरेक हिसाबले पिछडिएकै कारण यौन व्यवसाय गर्न बाध्य देशभरका बादी समुदायको उत्थानका लागि गठित वादी समुदाय उत्थान विकास समितिलाई कायम गरिराख्न माग गरिएको छ। समितिलाई सरकारले विघटन गर्ने प्रक्रिया अगाडि बढाएपछि संघर्ष गर्न गठित वादी अभियान संघर्ष समिति काठमाडौं नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समिति विघटन गरे आन्दोलनमा जाने चेतावनी दियो।

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।

नवीकरण बन्द हुँदा छट्पटाउँदै उद्योगी व्यवसायी

नवीकरण म्याद गुज्रिदा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा रहेको सुमन इँटा उद्योगको आर्थिक कारोबार ठप्प छ। उद्योगको नवीकरण म्याद गुज्रेको दुई वर्ष नाघिसकेको छ। उद्योग नवीकरणका लागि पहल गरिदिन सञ्चालक सुमन अलि दैनिक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। तर, कार्यालयले नवीकरण गरिदिने परिपत्र केन्द्रबाट नआएको भन्दै उनलाई फर्काइरहेको छ। करिब एक करोड रुपैयाँ लागतमा ०६४/६५ मा सुमनले श्रीमती फातमा बानोको नामबाट उद्योग सञ्चालन गरेका थिए।

ब्याजदर घटाउन माग

लगातारको चर्को बैंक ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी, व्यवसायी र बैंकरहरुले ब्याज घटाउन माग गरेका छन्।

भन्सार जाँचपास परीक्षण कार्यालय स्थापनाको  माग

प्रदेशस्तरीय भन्सार जाँचपास परीक्षण कार्यालय स्थापना गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन्। बुधबार भन्सार जाँचपास परीक्षण कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पूर्वका उद्योगी, व्यवसायीले यस्तो माग गरेका हुन्।

भारतीय पाहुनाका लागि ‘नाका’मा प्रवर्द्धन

भारतको उत्तरपूर्वी भेगबाट पोखरामा पाहुना ल्याउन यहाँका व्यवसायीले प्रवर्द्धन थालेका छन्। भारतसहित बंगलादेश र भुटानबाट समेत पाहुना पोखरा भित्र्याउन सकिने व्यवसायीको विश्वास छ।

उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब बाँकी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालय समालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए। मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे। मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्