८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

सरकारी साढे ४ करोड लगानीको ‘सामूहिक खेती’ ३७ लाखमा ठेक्का

माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे ४ करोड रूपैयाँ खर्च गरर्यो तर अहिले चलाउन नसकेपछि पूर्ण सञ्चालनमा नआउँदै ऋण तिरिदिने सर्तमा व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ।

बागमतीका पाँच जिल्लामा सामूहिक खेती

परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषि उत्पादन वृद्धि हुन नसकिरहेको बेला बागमती प्रदेशका पाँच जिल्लामा जग्गाको चक्लाबन्दी गरेर सामूहिक खेती सुरु गरिएको छ। खेतीयोग्य भूमिको खण्डीकरण, घडेरीकरण, बाँझो भइरहेको अवस्थामा जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्न सात हजार सात सय रोपनीमा सामूहिक खेती अघि बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्