काँडाघारीबाट अपहरणमा परेका बालकको शव फेला
आइतबार काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ। अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
आइतबार काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ। अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
अपहरणमा परेका बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ। मुठभेडको क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ।
काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै दुःख व्यक्त गरेको छ।
जुम्लामा २० दिन देखि अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौँ लगेको छ। अहिले भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगेको हो। प्रहरीले बल प्रयोग गर्दै केसीलाई जुम्लाबाट उठाएको छ। प्रहरीको बल प्रयोग पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर निकालिएका डा. केसीले आफूलाई सरकारले अपहरण गरेको बताए।
२० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफूलाई राज्यले अपहरण शैलीमा उठाउन खोजेको भन्दै आफ्नो मानव अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन् ।
१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।
एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।
उत्तर कोरियाले अपहरण गरेको दक्षिण कोरियाली अभिनेत्री चोई इयुन–हीको निधन भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण मुद्दामा अदालतबाट सजाय पाएर चार वर्षदेखि फरार अपराधीलाई शनिबार पक्राउ गरेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो।
बिहीवार पिपरा स्थित घर अघिबाट अपरिचित ब्यक्तिद्वारा अपहरित मायादेबी गाउँपालिका– ४ का वडा अध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षे छोराको हत्या भएको छ। फत्तेका छोरा एमानको शव उनकै घरसंग सटेर रहेको पोखरीमा आईबार बिहान फेला परेको वडा अध्यक्ष मुसलमनले बताए।
मायादेबी गाउपालिका– ४ का वडा अध्यक्ष फत्ते माहोम्मद मुसलमानका ५ बर्षे छोरा माहोम्मद एमानको अपहरण भएको छ। घर रहेको स्थान पिपराबाट बिहीबार विहान ८ः३० बजे मदार्सामा पढ्न जाने क्रममा अज्ञात समूहले छोरो अपरहरण गरिएको उनका बुवाले बताएका छन्।
टर्कीमा अहरणमा परेका तीन नेपालीलाई अपहरणकारीले फिरौती रकम लिएर छाडेको छ। बैदेशिक रोजगारीका सिलसिलामा टर्कीमा कार्यरत रहेको अवस्थामा अपहरणमा परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टिकाराम बिश्वकर्मा, मोरङ केराबारीका किरण मगर र ताप्लेजुङका टिका लिम्बू फिरौती रकम बुझाएर अपहरणकारीको पञ्जाबाट मुक्त भएका हुन्।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई अपहरण गरेका छन् । चुनाव प्रचार प्रसारमा लागेको भन्दै कुसे गाउँपालिका वडा नं १ बाट निर्वाचित गोपाल नेपालीलाई शनिबार बिहान २ वजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरण गरेको स्थानीय पत्रकार दिपेन्द्र शर्माले बताए ।