बाघको आक्रमणबाट मृत्यु
बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो।
बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो।
किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ ।
महाभारत गाउँपालिका वडा नं ४ का वडा सदस्य देवीबहादुर ठाडामगरको उपचारका क्रममा सोमबार मृत्यु भएको छ। सदरमुकाम धुलिखेल छिर्ने सरस्वती बजारस्थित निर्माणाधीन घरबाट रड(डण्डी) खस्दा आइतबार घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो।
झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।
गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो।
कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन ।
भारतको बिहारमा ठुलो रेल दुर्घटना भएको छ। आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो।
अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।
डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।
काठमाडौं उपत्यकामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय काठमाडौं उपत्यकामा ह्वातै चिसो बढेसँगै सडकपेटीमा आश्रयस्थल बनाउँदै आएका अशक्त वृद्धवृद्धाको मृत्यु हुने गरेको छ। सडकपेटीमा बसोबास गर्दै आएका वृद्धवृद्धाहरुको उचित स्याहारसुसार नहुँदा दिनहुँजसो ज्यान गुमाउन बाध्य भएका छन्। चिसोका कारणले सडकमा नै बसोबास गर्दै आएका वृद्धवृद्धाहरु उच्च जोखिमा छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार चिसोको कारणले उपत्यकामा दैनिक सरदर २ देखी ६ जनाको ज्यान जाने गरेको छ।
भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।
सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।
डडेल्धुरामा चट्याङ लागेर मंगलबार १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।
महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।
नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।