पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर
घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।
काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।
गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।
हावाहुरीसँगै परेको चट्याङ लागेर दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्।
पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।
सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको प्रतिक्रिया आउन थालेको छ।
इलाम नगरपालिका–७, का राजु चौधरीले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन्। चौधरीले ८ वर्षीया छोरी विरूपाको हत्या गरेको र अर्की छोरी ३ वर्षीया मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्।
जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।