४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर दुई विद्यार्थी गम्भीर

झापा –  हावाहुरीसँगै परेको चट्याङ लागेर दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। 

घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् । उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेका उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ। 

स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु आइतबार बेलुका घर फर्किँदै गर्दा चट्याङ लागेर घाइते भएका हुन् । पानी परेपछि रुखमा ओत लागेर बसेको अवस्थामा उनीहरुमाथि चट्याङ खसेको थियो । रासस 

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App