१० आश्विन २०८० बुधबार

अनियमितता ढाकछोप गर्न झुटको खेती

बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ।

अख्तियारले जोख्यो जलहरी

पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भए/नभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।

चुरे सिरानका नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता

ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को धज्जी उडाउँदै पालिका, ठेकेदार र नियामक निकायबीचको सेटिङमा नदीजन्य पदार्थ उत्खनन गरी अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनबाट खुलेको छ।

आधुनिक प्रविधि नअपनाउँदा मेटिँदै हुलाक बचत बैंकको अस्तित्व

दक्ष र पर्याप्त जनशक्ति नहुनु, सूचना प्रविधिमैत्री आधुनिक बैंकिङ पद्धति स्थापना गर्न नसक्नु, बचतकर्ताको संख्यामा कमी हुँदै जानु र बचत रकमसमेत कर्मचारीबाट अपचलन र अनियमितता हुनुजस्ता कारणले सर्वसाधारणमा अविश्वास बढ्दा हुलाक बचत बैंक धराशायी बन्दै गएको हो।

जलहरी काण्ड छानबिन अन्तिम चरणमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ ।

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

अख्तियारको दायरामा ल्याउने तयारीले निजी क्षेत्र त्रसित

सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा ल्याउने तयारीसहित कानुन बनाउने प्रक्रिया अघि बढाएपछि निजीक्षेत्र त्रसित बनेको छ।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

उद्योगपति मुरारकासहित १८ जनालाई सफाइ

चुनढुंगा निकाल्दा उद्योगले राजस्व नतिरेको भन्दै अनियमितता गरेको आरोप लागेका उद्योगपति पशुपति मुरारका सहित १८ जनालाई विशेष अदालतल सफाइ दिएको छ।

पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय

विशेष अदालतले परिषद्का तत्कालीन सदस्य सचिव यादवलाई ८ वर्ष ६ महिना कैद सजाय र २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ बिगो र सोहीबमोजिम जरिवाना हुने ठहर गरेको छ।

४७ करोड घोटाला आशंकामा छानबिन

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब पौने ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

सेनेटरी प्याड खरिदमा अनियमितता

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याडमा अनियमितता गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका विद्यालयलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएकोे हो।

मलेसियाली प्रधानमन्त्रीको जेलयात्रा

भ्रष्टाचारमा संलग्न भएको आरोपमा नेपालका आधा दर्जन जति राजनीतिक व्यक्ति पनि कारबाहीमा परेको इतिहास छैन। जबकि मुलुकमा सुडान काण्डदेखि विमान काण्डसम्म, आयल निगमको जग्गा खरिददेखि अन्य ठूला ठूला भ्रष्टाचार काण्डमा राजनीतिक व्यक्तिको संलग्नता स्थापित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्