६ आश्विन २०८१ आइतबार
image/svg+xml

नदीले बगाउँदा मलामीको मृत्यु

मलामी गएका झापा दमकका एक युवकको नदीले बगाएर ज्यान गएको छ। झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

बाढीले बगाउँदा तीनको मृत्यु, ४० हजार परिवार प्रभावित

महोत्तरीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको लोहारपट्टि २ का इन्डल महरा, जलेश्वर नगरपालिका १ बस्ने शिव महरा र जलेश्वर २ का विक्की कुमार ठाकुरको बाढीमा परेर मृत्यु भएको हो।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जना वेपत्ता भएका छन्। पहिरोले ५० बर्षिय मंगलसिं न्यासुरको घर बगाएपछि उनको परिवार वेपत्ता भएको हो।

खोलाले बगाउँदा मकवानपुरमा दुई जनाको मृत्यु

गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका ७ रोक्तीका ३३ वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो ।

खानी खोलाले बगाउँदा एकको मृत्यु

ककनी गाउँपालिका-१ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्।

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा एक महिलासहित दुई जनाको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार शनिबार राति साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो ।

जीता खोलाको बाढीले बगाउँदा विराटनगरका युवक बेपत्ता

सप्तरी— अविरल वर्षाका कारण सप्तरीको कोबर्साइनस्थित जीता खोलामा आएको बाढीले एक युवकलाई बगाएको छ। सोमबार करिब १०:३० बजे खोलाले बगाएका २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्