१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

म्याग्दी–म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

खोलाले बगाएको छन्त्यालको शव करिव २ सय मिटर तल पुर्याएको गुर्जाका सामाजिक परिचालक झकप्रसाद छन्त्यालले बताए। हिमाली क्षेत्रबाट बस्तीतर्फ ल्याउँदै गरेको अवस्थामा छन्त्याललाई भैंसीलेसमेत आक्रमण गरेको थियो।  भैंसीले आक्रमण गरेपछि खोलामा खसेका मृतक पौडी खेल्न नसक्दा ज्यान गएको स्थानीयबासीले बताएका छन्।

हिमाली क्षेत्रमा चिसो बढेपछि पशुचौपायाका गोठहरू गाउँतर्फ ल्याउने क्रम सुरु भएको छ। भिरालो र साँधुरो बाटोमा पशुचौपाया एकआपसमा भिड्दासमेत गोठाला निशानामा पर्ने गरेका छन्। विगतका तुलनामा यसवर्ष कात्तिकको पहिलो साता नै गोठ बस्तीमा ल्याउने क्रम सुरू भएको थियो।

प्रकाशित: ११ कार्तिक २०७३ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App