६ आश्विन २०८१ आइतबार
image/svg+xml

भार बोकेका सयौं सवारी बाटैमा अलपत्र

पोखरा प्रवेशको मुख्य नाका विजयपुर खोलाको डाइभर्सन बाढीले बगाउँदा भार बोकेर भित्रिँदै गरेका सयौं ट्रक सडकमै अलपत्र परेका छन्।

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्।

मालपा खोलाको पुल बगाउँदा पैदल यात्रु अलपत्र

महाकाली किनारको भारतीय क्षेत्र मालपामा दुबैतर्फको पुल बग्दा केही पैदल यात्रु बीचमै रोकिएका छन्। धारचुलादेखि करिब ५० किलोमिटर टाढा रहेको नजंङखोला र मालपा खोलामा राखिएको स्टिल पुल बाढी र पहिरोले बगाएको भारतीय अधिकारीले बताएका छन्।

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ।

बाढीले बगाउँदा दुईको मृत्यु

सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ। बाढीले बगाएका दुवैजनाको शव मंगलबार बिहान फेला परेको छ।

बाढीले बगाउँदा एक मृत्यु

ओरही नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। ठाकुरवावा नगरपालिका– ८ का ६५ वर्षिय शितालु थारुको औराही खोलाले बगाउँदा मृत्यु भएको हो।

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ।

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ। खोलामा आएको पहिरो तथा बाढीले इन्टेक तथा पाइप बगाएर लगेपछि विद्युत उत्पादन बन्द भएको हो। बुधबार रातीको समयमा परियोजनाको संरचना बगाएको हो।

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ। शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्