१५ वैशाख २०८१ शनिबार
image/svg+xml

म्याग्दीमा समुदायस्तरमा कोरोना फैलिन नदिन दिनरात खटिएका छौः प्रजिअ अधिकारी

कोरोना नियन्त्रण अब कुनै निकाय, व्यक्ति वा संयन्त्रको बलमा मात्र सम्भव छैन । यसको बिस्तार र फैलाबट ब्यापक हुदैं गएको छ । अहिले विशेषगरी भिडभाड र जमघट कम गर्न, संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सम्बद्ध पक्षहरुसंग आवश्यक समन्वय भई रहेको छ।

इटहरी र इनरुवामा समुदायस्तरमा कोरोना फैलिँदै

पूर्वका प्रमुख सहर इटहरी र इनरुवामा पछिल्लोसमय समुदायस्तरमै कोरोना संक्रमण देखापर्ने क्रम बढ्दो छ। पहिलोपटक इटहरीमा उपमहानगरपालिकका एक इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै पिसिआर जाँच बढाइएकोमा थप ४ जनामा पुष्टि भएको छ।

समुदायस्तरमा कोरोना फैलिएपछि आइतबारदेखि नेपालगन्जमा निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणउन्मुख भइरहेका बेला बाँकेमा पुनः समुदायस्तरमा संक्रमण फैलिएको छ। समुदायस्तरमा एकैपटक २७ जनामा संक्रमण देखिएको हो। नेपालगन्जको त्रिभुवन चोक तथा आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेका हुन्। समुदायस्तरमा एक्कासि संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागू हुनेगरी ३ दिनका लागि बाँके जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्