एपिएफको लगातार दोस्रो जित
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित एपिएफ चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियसिपको शीर्ष स्थानमा कायमै रहेको छ।
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित एपिएफ चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियसिपको शीर्ष स्थानमा कायमै रहेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई ७० रनले पराजित गर्दै मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।
नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले अस्ट्रेलियन शैक्षिक मेला ‘अस्ट्रेलियन एप्लिकेसन्स् डे जुन २०१८’ उद्घाटन गरेका छन् । राजदूत बडले जुन ४, २०१८ मा काठमाडौंको होटल याक एन्ड यती उक्त मेला उद्घाटन गरेका हुन्।
पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन्।
संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।
वालिङ नगरपालिका–४ स्थित हिमाली माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीमा मास हिस्टेरिया देखिएपछि पठनपाठन अवरुद्ध भएको छ। सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २ जना छात्र र १९ जना छात्रामा मास हिस्टेरिया देखिएपछि मंगलबार बिद्यालय बन्द गरिएको हो।
युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र पृथु बास्कोटाको अर्धशतकको मद्दतमा विभागीय टोली एपिएफले आइतबारबाट सुरु प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि विपक्षमा मतदान गर्ने एकमात्र दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दिएपछि नेकपा क्रोधित हुँदै समर्थन फिर्ता लिएको हो।
मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ। २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।
संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ।
नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो ।
नेपाल प्रहरीको प्रवक्तामा एसएपी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए।