२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफको लगातार दोस्रो जित

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित एपिएफ चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियसिपको शीर्ष स्थानमा कायमै रहेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार सम्पन्न खेलमा एपिएफले पुलिसलाई २५–२२,२५–१७,२५–१५ को सोझो सेटमा पराजित गरेको हो । विजयी एपिएफले अपराजित रहँदै २ खेलबाट ६ अंक जोेडेको छ । दोस्रो खेलमा पराजय बेहोरेको पुलिसको २ खेलबाट ३ अंक भएको छ।

मंगलबार भएको लिग खेलमा शिवम् न्यु डायमन्डले पहिलो जित निकाल्दै २ खेलबाट ३ अंक जोडेको छ । डायमन्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०,२५–१०,२५–९ को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।

यस्तै, पहिलो खेलमा सोमबार विभागीय प्रतिद्वन्द्वी एपिएफसँग ३–० ले पराजित भएको आर्मीले मंगलबार भने दोहोरो जित निकाल्दै ३ खेलबाट ६ अंक बनाएको छ । आर्मीले पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–१८, २५–११, २५–१७ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–८,२५–७ को सोझो सेटमा स्तब्ध बनाएको हो।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा ६ टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्दै छन् । लिग खेलमा उत्कृष्ट चार स्थान हासिल गर्ने टिमले सेमिफाइनल प्रवेश पाउनेछन् । खेलमा पहिलो स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टोलीसँग तथा दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ जेष्ठ २०७५ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App