४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई खुलापत्र

दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

स्वास्थ्य अवस्था कमजोर १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनी अनशन बसेको १६ दिन पुगेको छ ।

डा. केसीमाथि प्रहरी जबर्जस्ती: विरोधपछि ट्रमाबाट शिक्षण अस्पताल लगियो

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ।

अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो

मुटुको चाल अनियमित बनेपछि डा. गोविन्द केसीलाई सास फेर्न गाह्रो भएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकले बताएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

१५ दिनदेखि अनशन, सुन्दैन सरकार

सरकारलाई दायित्वबोध गराउन जोसिला युवा वसन्तपुरको डबलीमा लडेको १५ दिन बित्यो । आफ्ना नागरिकको हितका लागि झिनो रेखदेख गर्न नसकिरहेको राज्यले ती युवाको चित्कार पनि सुन्न सकिरहेको छैन । सरकारले बेवास्ता गरेपछि अनशनरत युवाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

‘बरु मर्छौं, माग पूरा गराएरै छाड्छौं’

कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।

माग पूरा नभएसम्म अनशन नतोड्ने

कोभिड–१९ नियन्त्रणमा सरकारको जिम्मेवारीमाथि प्रश्न उठाउँदै ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरिरहेका अभियन्ता ईशान (ईः) दोस्रोपटक अनशन बसेको १० दिन पुगेको छ। अघिल्लो अनशन तोड्ने बेलामा गरेका सम्झौता सरकारले पूरा नगरेपछि ईःले फेरि अनशन सुरु गरेका थिए। तर, दोस्रो अनशन बसेको १० दिन बित्दा पनि सरकारले माग पूरा गर्नेतर्फ चासो नदिएपछि अनशनरत ईः र समाइरा श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

अनशनरत अभियान्ताका माग सम्बोधन गर्न आग्रह

विभिन्न क्षेत्रका आठजना व्यक्तिले इनफ इज इनफका अभियान्ताका माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। आइतबार विभिन्न राजनीतिक दलका नेतासहितका आठजनाले संयुक्त विज्ञप्ति जारी गर्दै ह्याम्स अस्पतालमा अनशनरत अभियन्ताद्वय ई. र पुकार बमको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

सरकारविरुद्ध युवा अनशनमा

सडकमै सुतेर, पम्प्लेट बाँडेर सरकारविरुद्ध गर्दै आएको सडक प्रदर्शनलाई युवाहरूले फरक रूप दिएका छन्। १ महिनादेखि देशभर सरकारविरोधी प्रदर्शन गर्दै आइरहेका उनीहरू आफ्नो माग पूरा गराउन ६ दिनदेखि अनशन बसिरहेका छन्।

नाम नफेर्न माग गर्दै रिले अनशन

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामकरणको विवाद चर्कंदै गएको छ।मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीयआन्दोलित भएपछि नामकरण विवाद चुलिएको हो।

वडाध्यक्ष अनशनमा

माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्