१५ असार २०८१ शनिबार
image/svg+xml

फिदिममा ‘मैदारो’ बहस

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

नीलमका समग्र कथा

नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्।

संयुक्त लेखनको नमुना

संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

बाल मनोविज्ञानको तस्बिर

लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’

भूपिनको ‘मैदारो’ बजारमा

साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे।

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

यस वर्षको द म्यान बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ। पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन्। जसमा गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि सामेल छिन्।

मार्खेजको नविन प्रयोग

कोलोम्बियाली आख्यानकार गार्बियल गार्सिया मार्खेजका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने चुनौती भनेकै साँस्कृतिक दूरी हो। त्यसकारण उनका उपन्यासमा आउने पात्र नेपाली पाठकका लागि अजीव र अस्वाभाविक लाग्छन्। उनको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ।

आञ्चलिक उपन्यास

चीन र भारतजस्ता दुई ठूला राष्ट्रका बीचमा नेपाल छ। उत्तरमा चीन र दक्षिणमा भारतसँग सिमाना जोडिएर नेपालको मानचित्र बनेको छ। भारतसँग जोडिएको हाम्रो मैदानी भू–भागलाई हामी तराई–मधेस भन्छौ। यसले नेपालको ३४ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेको छ। यहाँ झण्डै एक करोडको जनसंख्या रहेको अनुमान गरिन्छ। यसरी यत्रो जमिन आवादी गरेर यति ठूलो संख्यामा बसोबास गरिरहेका जनतालाई आधार मानेर सर्जक गणेश अधिकारीले ‘मालिकहरूको मधेस’ नामक उपन्यास पाठकमाझ ल्याएका छन्।

डीआरको साहित्यिक ‘तिलस्मी’

गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ सार्वजनिक भएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमकाबीच प्राडा सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलले पुस्तक लोकार्पण गरे ।

निश्चलको पहिलाे अंग्रेजी ‘फर्गो’

युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषाको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ। राजधानीमा हालै एक कार्यक्रमकाबीच अभिनेत्रीद्वय ऋचा शर्मा र सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

आशिष–रेवतीको ‘समर लभ’ संयोग

२०६९ मंसिरमा उपन्यासकार सुविन भट्टराईको पहिलो उपन्यास ‘समर लभ’ विमोचन भइरहँदा नवनायक आशिष पिया त्यही दिन आफ्नो जन्मदिन मनाइरहेका थिए। उपन्यासले बजारमा चर्चा पाएर लाखौं पाठकले पढिसक्दा पनि आशिषको ध्यान ‘समर लभ’मा गएन। अहिले यिनै आशिष यही उपन्यासमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’मा प्रमुख भूमिकामा छन्। अर्थात उपन्यासमा रहेको ‘अतित’ चरित्रलाई आशिषले फिल्ममा निभाउँदैछन्। फिल्म यही शुक्रबार अर्थात माघ २५ गतेबाट रिलिज हुँदैछ।

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ।

तीन वर्षमा ‘समर लभ’

युवापुस्ताको प्रेमकथामा लेखिएको चर्चित उपन्यास ‘सभर लभ’ मा आधारित रहेर फिल्म ‘समर लभ’ निर्माण गरिएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको टिम यतिबेला प्रोमोसनल टुरमा छन्। फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन्।

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

पूर्वप्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ।

झोराहाट नाट्य समूह

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्