१७ असार २०८१ सोमबार
image/svg+xml
कला

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

गत वर्ष द म्यान बुकर इन्टरनेसनल पुरस्कार जितेपछि पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक। फाइल तस्बिर: एपी।

यस वर्षको द म्यान बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ। पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन्। जसमा गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि सामेल छिन्।

ओल्गालाई ‘ड्राइभ योर प्लो ओभर द बोन्स अफ द डेडु’बाट यस वर्षको पुरस्कारका लागि नोमिनेसन गरिएको छ। उनीसँगै ओमानकी जोखा अल–हार्थी, फ्रान्सकी एनी एर्नाेक्स, जर्मनीकी मैरिन पाँसमैन र चिलीकी आलिया ट्राबुलाई पनि पुरस्कारका लागि नोमिनेसन गरिएको छ। पुरस्कारका लागि कोलम्बियाका उपन्यासकार जुआन गर्बियल एक मात्रै पुरुष दाबेदार देखिएका छन्। उनलाई ‘द सेफ अफ द रुइंस’बाट पुरस्कारका लागि नोमिनेसन गरिएको छ। द म्यान बुकर इन्टरनेसनल पुरस्कार साहित्यको क्षेत्रमा दिइने ब्रिटेनको प्रतिष्ठित पुरस्कार हो। यो विश्वभरका उपन्यासको अंग्रेजी अनुवादका लागि दिइन्छ।
सन् २००५ मा सुरु भएको यो पुरस्कार सुरुमा प्रत्येक दुई वर्षमा दिने गरिन्थ्यो। तर, सन् २०१६ बाट यो पुरस्कार हरेक वर्ष दिन थालियो। पुरस्कारको राशी ६५ हजार डलर छ। पुरस्कार विजेताको घोषणा मे २१ मा हुँदैछ।
– एजेन्सीको सहयोगमा

प्रकाशित: ३० चैत्र २०७५ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App