५ आश्विन २०८१ शनिबार
image/svg+xml

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।

सिकाइ क्षति न्यूनीकरण

नेपालमा व्यवस्थित अध्ययन/अनुसन्धान नगरिए पनि बालबालिकाको उपलब्धिमा महामारीको नकारात्मक प्रभाव देखिन थालिसकेको छ।

संक्रमण रोक्न महिनौँसम्म धारो बन्द नगरेपछि २७ लाख अमेरिकी डलर महशुल तिर्नुपर्‍यो

पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस संक्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई २७ लाख रुपैयाँ अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ।

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँः डा. अधिकारी

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।

कला क्षेत्रमा गतिविधि ठप्प, विवाद प्रशस्त

२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाह थुनामा परे। जिल्ला अदालत पूर्वी नवलपरासीले तनहुँमा राखेर अनुसन्धान गर्ने आदेश दिएको थियो।

राजनीतिक अस्थिरता र धुव्रीकरणको वर्ष–०७८

दलका नेताहरूको सत्ता र व्यक्तिगत स्वार्थ टकरावले मुलुकको राजनीति थप अस्थिर बन्न पुग्यो। प्रमुख दलका शीर्ष नेता रोग र भोकबाट आक्रान्त जनतालाई बेवास्ता गर्दै सत्ता मोह र व्यक्तिगत स्वार्थमै रमाइरहे ।

वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

काभ्रेपलाञ्चोक कोरोनामुक्त

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।

दक्षिण कोरियामा १ करोड कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। यो संख्या कुल जनसंख्याको २० प्रतिशत हो। सरकारी अधिकारीले बुधबार जनाएअनुसार अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।

भारतमा १५ सय कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ।

अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्