१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शुल्क वृद्धि पुनरावलोकन गर्न इन्जिनियरिङ संस्थानद्वारा समिति गठन

समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।

शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन हुने

नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन।आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताएका हुन।

पुनरवलोकनको निवेदन लिएर सर्वोच्च पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेका छन्।

सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने

कोरोना सङ्क्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशका विषयमा सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने भएको छ।

रञ्जन कोइराला रिहा : सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जाने

श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ। कोइराला ८ वर्ष ६ महिना कैद सजाय भोगेर आज रिहा भएका थिए।

बूढीगण्डकीको मुआब्जा पुनरावलोकन हुने

१२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा पुनरावलोकन गरिने भएको छ । पछिल्लो समय निर्धारण गरिएको मुआब्जामा चित्त नबुझाएर स्थानीयले विरोध गरेपछि मंगलबार सम्पन्न सरोवारकारवालाको बैठकमा मुआब्जा पुनरावलोकन गर्ने सहमति भएको हो ।

बैंकरको असहमति, पुनरावलोकन गर्न माग

राष्ट्र बैंकले ब्याजदर गणनालगायत विषयमा गत सोमबार वाणिज्य बैंकहरुलाई पठाएको निर्देशनप्रति बैंकरहरुले असहमति जनाएका छन्। वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघमा बुधबार बैंकरहरुबीच भएको छलफलपछि राष्ट्र बैंकको निर्देशनप्रति असहमति जनाउँदै परिवर्तन गर्न माग गरिएको हो। संघले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा आए बैंकहरुको आम्दानी २५ प्रतिशतसम्मले घट्ने बताएको छ।

‘भारतीय जासुस’सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसललाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदालतले सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

बेलायतसँग सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार नभएको बताएका छन्।

सहकारी नीति पुनरावलोकन हुँदै

सरकारले राष्ट्रिय सहकारी नीति पुनरावलोकन गर्ने तयारी गरेको छ। सहकारी ऐन–२०७४, सहकारी नियमावली–२०७५ जारी गरिसकेको परिवर्तित सन्दर्भमा नयाँ नीति आवश्यक भएकाले परिमार्जन गर्न लागेको हो।

सार्वजनिक खर्च पुनरावलोकन आयोगले प्रतिवेदन बुझायो

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। विद्यमान बजेट प्रणालीलाई सुधार एवं परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामबारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।

नेपालको मुख्य प्रस्ताव भारतीय वस्तुमा शुल्क

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा बिहीबारदेखि पोखरामा हुन लागेको द्विपक्षीय छलफलमा नेपालले चार दशकदेखि भारतीय कृषि तथा औद्योगिक वस्तु आयातमा दिँदै आएको शून्य भन्सार सुविधा खारेज गर्ने प्रस्ताव फेरि उठाउने भएको छ।

‘खर्च प्रणालीमा सुधार आवश्यक’

सार्वजनिक खर्च पुनरावलोकन आयोगले मुलुकको सिंगो खर्च प्रणालीमा सुधार आवश्यक रहेको जनाएको छ । आयोगले बिना मापदण्ड चालु खर्च बढाउँदै जाने, विकास आयोजना र कार्यक्रमको चयन निश्चित मापदण्डबिनै गर्ने, बहुवर्षीय आयोजना र त्यस्ता आयोजनामा स्रोत सुनिश्चितताको नाममा बजेटको न्यूननतम मापदण्ड र संसदीय मान्यताविपरीत आयोजना चयन गर्ने लगायत समस्या पहिचान गरेको जानकारी दिएको छ ।

नेपाल थाईल्याड हवाई संझौता, दुवैले सातामा २८ उडान पाउने

नेपालका विमान कम्पनीले थाइल्याण्डका सबै विमानस्थलमा उडान–अवतरण गर्न पाउने भएका छन्। नेपाल थाइल्याण्डबीचको हवाईसेवालाई थप विस्तारित गर्ने गरी आज ४७ वर्ष पुरानो संझौता पुनरावलोकनको समझदारीपत्रमा हस्ताक्षर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्