coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रञ्जन कोइराला रिहा : सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जाने

श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ। कोइराला ८ वर्ष ६ महिना कैद सजाय भोगेर आज रिहा भएका थिए।  

महान्यायाधीवक्ता कार्यालयका अनुसार फैसला पुनरावलोकनका लागि सर्वोच्चमा आजनै निवेदन दिन लागिएको छ।  

श्रीमती गीता ढकालको हत्या आरोपमा उनलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो, उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्च अदालतले कोइरालाको सजाय घटाएको थियो।  

श्रीमती हत्याको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले असार १५ गते सजाय घटाउने फैसला गरेको थियो।

यो पनि पढ्नुहोस्

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला रिहा

 

 

 

प्रकाशित: ८ श्रावण २०७७ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App