५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

शुल्क वृद्धि पुनरावलोकन गर्न इन्जिनियरिङ संस्थानद्वारा समिति गठन

इन्जिनियरिङ अध्ययन संस्थानले आङ्गिक क्याम्पसमा स्नातक तहमा गरेको शुल्क वृद्धि पुनरावलोकन गर्न समिति गठन गरेको छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले सहप्राध्यापक हरिराम पराजुलीको नेतृत्वमा मङ्गलवार ११ सदस्यीय समिति गठन गरेको हो। गठित समितिलाई ७ दिनभित्र शुल्क पुनरावलोकन प्रतिवेदन पेश गर्न भनिएको छ।

समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।

संस्थानले शैक्षिक सत्र २०८०/०८१ देखि लागु हुने गरी स्नातक तहमा शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। शुल्क वृद्धि फिर्ताको मागसहित नेविसङ्घ पुल्चोकका नेता सुलभ चापागाईं आमरण अनशनमा बसेका थिए।

हाल ३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरेर ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू विरोधमा उत्रेका थिए।

को को छन् समितिमा ?

प्रकाशित: २० भाद्र २०८० ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App