२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

थरिथरिका गाडी चढ्ने शोख

गाडी फेरीफेरी सवार गर्ने शौख, काम व्यवसाय  र पेसाका लागि आवश्यक बन्दै गएको कार जीप  प्रयोग बर्सेनि बढ्दै छ । यतिबेला नेपालमा मासिक १ हजार ८ सय कारजीप नेपाल भित्रिरहेका छन् ।

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

नयाँ फर्निचर र गाडी खरिद रोकिने

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।

सशस्त्रको गाडीबाट सखुवा तस्करी, डिएसपी नै छानविनमा

सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा.१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ।

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन : मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्।

संघीय अनुदानबाट जनप्रतिनिधिले गाडी किन्न पाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनदेखि संघीय सरकारले दिएको अनुदानबाट जनप्रतिनिधिले गाडी खरिद गर्न सक्ने नीति ल्याएको छ। मन्त्रालयले गत वर्ष असारमा स्थानीय तहलाई परिपत्र पठाई केन्द्रले दिएको बजेटबाट गाडी खरिद नगर्न निर्देशन गरेको थियो। आफ्नै साधन स्रोतबाट गाडी खरिद गर्दा पनि आवश्यकता हेरेर ट्याक्टर, स्काभेटरजस्ता साधनलाई प्राथमिकता दिन मन्त्रालयले परिपत्र गरेको थियो। जनप्रतिनिधिले भने चुनावमा विजयी भएलगत्तै गाडी अभाव भएको गुनासो गर्दै आएका छन्। गाडी अभावले विकासको कामसमेत प्रभावित भएको उनीहरुको गुनासो छ।

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

नेपाल युरो–३ गाडीको ‘डम्पिङसाइट’

भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो–३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ ।

मलेशियामा मृत्यु भएका भाइको शव लिएर आएका दाजुको गाडीबाट खसेर मृत्यु

बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका भाइको मृत्यु भएपछि शव ल्याएर फर्किंदा गर्दा पिकअपबाट खसेर ताप्लेजुङको फक्तालुङ गाँउपालिका–२ का ४२ बर्षिय भक्तवहादुर लिम्बुको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपलिकाको भारपामा पर्ने टारीमा गाडीबाट खसेर लिम्बुको मृत्यु भएको हो।

सिहंदरबारभित्र पुराना गाडी निषेध

सिहंदरबारभित्र पुराना गाडी मुक्त गराउन पुराना गाडी लिलामी गर्न या ममर्त गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले २१ वटै मन्त्रालयलाई निर्देशन दिएको छ । सिहंदरबारमा जथाभावी राखिएका थोत्रा गाडीले सिहंदरबारको सुन्दरता बिगारेको तथा प्रशासनिक खर्च बढाएको भन्दै सरकारले सिहंदरबारलाई थोत्रा गाडी मुक्त गर्न लागेको हो ।

संसदमा प्रधानमन्त्रीलाई प्रश्न : कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सिंहले हामी पानी जहाजमा पनि चड्न चाहेको र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहेको बताए।

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ। एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो। सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो। त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहारसमेत गरे।

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह–कम्पनी सिप्रदी अस्र्योड प्रा.लिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्नेभएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्