२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गाडीको ठक्करले एकको मृत्यु

गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो।

अज्ञात समूहद्वारा गाडीमा आगजनी

मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ।

व्यवसायीको वन्दमा पनि निर्वाध चले गाडी (फोटो फिचर)

सरकारले सिण्डिकेट खारेज गरेपछि त्यसको विरोधमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार सार्वजनिक यातायात बन्द आह्वान गरे पनि विभिन्न कम्पनिका बस सडकमा निर्वाध चलेका छन्।

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।

छुटपूर्जीबिना भारतीय नम्बर प्लेटका गाडी सञ्चालन

छुटपूर्जी काट्ने व्यवस्था नहँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ।

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

सिन्डिकेटधारी यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, गाडी ग्यारेजमा थन्काउने

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू फ्रि देखि अनिश्चितकालिन हडतालसम्मका आन्दोलन घोषणा गरेका छन्। यातायात क्षेत्रमा सिन्डिकेट लाद्न पाउनुपर्ने भन्दै आएका संगठीत यातायात व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

सडक पुग्याे तर गाडी पुगेन

स्थानीय तहको निर्वाचन पछि जिल्लाका विभिन्न वडाहरूमा सडक निर्माण गर्दै स्काभेटर पुगे पनि सवारी साधन नपुग्ने समस्याले स्थानीयबासी हैरानीमा परेका छन्।

राष्ट्रिय सन्जालमा जोडियो खदागबस्ती, आँगनमै गाडी गुडेको देखेपछि...

जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत डोल्पा रुकुम सिमाना त्रिबेणी बजारदेखि खदाङसम्मको ९ किमी सडकखण्ड निर्माण कार्य पुरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक संञ्जालमा जोेडिएको छ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको गाडी तोडफोड

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

‘स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिन सकिँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्। ओलीले एउटा सरकार चलाइरहेको अवस्थामा देशमा संघीयता आएपछि ७६१ वटा स्थानीय सरकार चलाउनुपरेकाले स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिनसक्ने अवस्थामा केन्द्रीय सरकार नरहेको बताए।

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ।

पुराना गाडी नहटाउन व्यवसायीको माग

२० वर्षभन्दा पुराना गाडी चल्न नदिने सरकारी निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन्। उनीहरूले गाडीको निर्माण अवधिबाहेक सबै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको पनि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्