१० मंसिर २०८१ सोमबार
image/svg+xml

म सपनाको कुरा गर्छु...

मेरो एउटा सपना छ, कुनै दिन म कुस्त पैसा कमाउनेछु त्यसपछि अहिलेकै जस्तो पुरानो जिन्स, अमिल्दो टिसर्ट र थोत्रो ह्याट भिर्नेछु, लामो दाह्री पालेर, थोत्रो चप्पल पड्काउँदै पुरानो गाउँ र बेचल्तीको बाटो पैदल नै, बिना कुनै लक्ष्य हिँड्नेछु ।

‘सहरप्रति कोही संवेदनशील छैनन्’

तपाईंलाई मनपर्ने सहर कुन हो? मलाई मनपर्ने सहर बुटवल हो । गर्मी ठाउँ मलाई मन पनि पर्छ । तीन–चार दिनअघि मात्रै सुटिङको सिलसिलामा त्यहाँ पुगेकी थिएँ । अन्तभन्दा बुटवल व्यवस्थित रहेछ । सहरीकरण पनि व्यवस्थित किसिमले भइरहेको छ । गर्मी ठाउँ भए पनि विकासमा काम राम्ररी गरिएको छ।

समृद्ध हुने सपनाको अन्त्येष्टि

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

समृद्धि सपनाका प्राथमिकता

राजनीतिक हिसाबले नेपाली समाज जहिले पनि अस्थिर रह्यो। कुनै पनि सरकारले पूर्ण अवधि काम गर्ने अवसर पाएनन्, चाहे त्यो शासकहरूका कारण होस् वा राजतन्त्र, चाहे देखिने आन्तरिक कारण हावी भएर होस् या परोक्ष भूमिका निर्वाहक बाह्य शक्तिका कारण । राजनीतिक अस्थिरताको यही चक्रब्यूहमा मुलुक लामो समय नराम्ररी गाँजियो।

सपनाको देशमा विचरण गर्दा

चन्द्रकान्त आचार्यको नियात्रा संग्रह ‘सपनाको देशमा’ पढेपछि आफैँ त्यस देशमा विचरण गरेको महसुस भयो । नेपालमा यात्रा संस्मरण लेख्ने कार्य पुरानै भए पनि तानासर्माको ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तक २०२६ मा प्रकाशित भएपछि यसलाई नियात्राको नाम दिइयो र नियात्रा साहित्यबारे लेख्ने कार्य भए।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

कान्छीको सपनाको प्रारूप

घोषणापत्रमा व्यक्त प्रतिबद्धताहरू पूरा भएको वा नभएको खबरदारी र दबाब दिने मतदाताको कुनै हैसियत हुँदैन । यो यथार्थलाई आत्मसात् गरेर मतदाताले हाम्रो होइन, राम्रो उम्मेदवारलाई मतदान गरेमा जनतामा रहेको सार्वभौमिक अधिकारको अर्थ हुन्छ । त्यसमा पनि नेपाली जनता अत्यन्त सजिला छन् । सरल छन् । कुनै गुनासो पनि गरिराख्दैनन् ! क्षमाशील छन् ।

प्रदेश १ : ‘राजधानी’ सपनाले मतदाता रनभुल्ल

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका उम्मेदवार लालबाबु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, ‘तपाईंको उम्मेदवारी केका लागि ?’ उनीहरु दुवैको उत्तर पनि एउटै छ, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।’ मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

सपनाको सहर : ‘हामीले काठमाडौंलाई चिन्न सकेनौँ’

यहाँ आएर खाली घर बनाउने र सीमित स्वार्थमा मात्रै लाग्यौँ । कसैले पनि काठमाडौंका सम्भावना र अवसरको खोजी गरेन । आज अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आइरहेका छन् । काठमाडौंलाई टेको बनाएर बिदेसिने हामीले काठमाडौंकै बारेमा सोचेको पाइँदैन ।

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र त सहरमा बसेको महसुस समेत हुँदैन नि!

सपनाको सहर- अग्ला भवन भत्काउथें : दीपकराज गिरी

मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। फुर्सद हुनासाथ म पोेखरा र काठमाडौंको चन्द्रागिरी घुम्न निस्किन्छु। मैले धेरै देशका सहर घुमेको छु।

स्वदेशमा रोजगारी दिने दलका घोषणा 'सपनामुखी'

राजनीतिक दलहरूको घोषणापत्रमा स्वदेशमा रोजगारीको अवसर सिर्जना गरिने उल्लेख गरिए पनि कसरी रोजगारीको अवसर सिर्जना गर्ने भन्नेबारे प्रस्ट नहुँदा मतदाता सन्तुष्ट हुन सकेका छैनन्।

उपत्यकाकाे सडकः 'मेलम्चीपानी'काे सपनासँगै फाेक्साे भरिने धुलाे

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका सडकमुनि विभिन्न ४० स्थान मेलम्चीकाे पानि वितरण गर्न पाइप विच्छ्याउने कार्य जारी राखेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्