२ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश १: हल्ला धेरै, काम कम

सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्।

भारतमा संक्रमितको संख्या ११० पुग्यो, चीनमा जनजीवन सामान्य बन्दै

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ११० पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ।

दुई सय ३५ आईसीयू वेड थपिने

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क नेतृत्व भिडियो कन्फ्रेन्समा (LIVE)

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखबीच अहिले भिडियो कन्फ्रेन्स चलिरहेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबारे साझा रणनीति तय गर्न सार्क नेताहरु भिडियो कन्फ्रेन्समा आएका हुन्।

नेपालमा कोरोना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

यतिबेला नोवेल कोरोना भाइरस(कोभिड–१९)ले विश्व त्राहिमाम छ। पूरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन। यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन।

५० हजार कामदारको भिसा अन्योलमा

कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ।

फिल्म हलमा नजान सरकारको आह्वान

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह, विवाह, फिल्म हल र महोत्सवमा सहभागी नहुन आह्वान गर्ने जनाएको छ।

सर्‍यो ‘एफ ९’, ‘मुलान’ र ‘सूर्यवंशी’ को रिलिज

कोरोना भाइरस संक्रमण बढेसँगै ‘फास्ट एन्ड फ्युरियस’ को ‘एफ ९’ फिल्मको रिलिज मिति सारिएको छ।

कोरोना उछिँन्दै कालोबजारी

चावहिलका दिनेश धितालले विगतदेखि नै ५ रुपैयाँ पर्ने माक्स १० रुपैयाँमा किन्दै आएका थिए। तर, केही दिनदेखि उनले एउटा माक्सलाई ३० रुपैयाँ तिर्नुपरेको छ।

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा, विश्वभर ज्यान गुमाउनेकाे संख्या साढे पाँच हजार नजिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।

कोरोनाको असरले अन्तर्राष्ट्रिय उडान कटाैती

कोरोना भाइरस (कोभिड– १९) को त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ।

कोरोना संकटले जगाउला सार्कको सान

भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ।

कोरोनाविरुद्ध मोदीले गरेको प्रस्ताव सार्क नेतृत्वद्वारा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई गरेको प्रस्ताव सार्क नेताहरुले स्वागत गरेका छन्। मोदीले शुक्रबार ट्वीट गर्दै कोरोनाविरुद्ध सार्कका सदस्य राष्ट्रहरु एक भएर लड्न प्रस्ताव गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्