२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा कोरोना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

प्रसिद्ध शैलेश्वरी मन्दिर । तस्बिरः अरूण/नागरिक

डोटी- यतिबेला नोवेल कोरोना भाइरस(कोभिड–१९)ले विश्व त्राहिमाम छ। पूरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन। यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन।

यस्तोमा नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर एक मन्दिरमा ‘भाकल’(देवतालाई केही दिने शर्तमा गरिने माग) गरिएको छ। सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा यस्तो भाकल गरिएको हो। ‘आज हामीले बिहानको पूजामा भाकल गरेका छौ,’ शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले भने,‘अब, माता शैलेश्वरीको कृपादृष्टिले हामी सबै सुरक्षित हुनेछौ।’ उनले नेपालभरी नै कोरोना नफैलियोस भनेर भाकल गरिएको बताए। ‘डोटीमा अझ बढी सुरक्षाको अनुनय गरेका छौ,’ उनले भने।

भगवान शिव–पार्वतीले सयर गरेको तथा भगवान रामचन्द्र लगायतका तमाम देवीदेवताले यज्ञ गरेको पवित्र शैलेश्वरी क्षेत्रमा भाकल गर्दा सबै माग पूरा हुने मान्यता रहि आएको छ। ‘यस्तो पवित्र भूमिमा कोरोना फैलने छैन भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष भट्टले भने।

भाकल अनुसार चैत १६ गतेबाट नियमित एक महिना ‘क्षमा पूजा’ गरिने अध्यक्ष भट्टले बताए। उनले भने,‘क्षमा पूजाका लागि स्थानीयबासी र सरकारसँग सहयोगको अपेक्षा छ।’

 

प्रकाशित: २ चैत्र २०७६ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App