३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रदेश नं ५ मा यातायात क्षेत्रको विलम्व शुल्क तथा जरिवाना मिनाहा

प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको विलम्व शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा परेकाले गत चैत ११ देखि असोज मसान्तसम्मको सवारीको विलम्व शुल्क तथा जरिवाना छुट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

कित्ताकाट खुलाऊ, ब्याज मिनाहा गर

कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।

जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग

गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।

६ लाख रूपैयाँ भाडा छुट

पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन्।

ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन होटल व्यवसायीको माग

होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरूले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ ।

कर मिनाहा गर्न महिला उद्यमीको माग

कोभिड–१९को संक्रमणले लकडाउन हुँदा महिला उद्यमीले  नोक्सानी बेहोर्नुपरेको भन्दै सरकारलाई भुक्तानी गर्नुपर्ने कर रकम मिनाहा गर्न महिला उद्यमी महासंघ (एफविन)ले माग गरेको छ ।

निजी विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्न सरकारको निर्देशन

सरकारले अभिभावकहरुलाई राहत दिन  निजी विद्यालयहरुले एक महिनाको सबै शुल्कहरु मिनाहा गर्नु पर्ने  निर्देशन दिएको छ।

३ सय २९ कैदीको कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

पाँच लाखसम्म कर छुट

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अपेक्षा अनुसार श्रमिक र रोजगारदाता सहभागी नभएपछि सरकारले कर मिनाहाको सीमापाँच लाख पु-याएको छ।

परराष्ट्रको प्रभावमा लेखा समिति

परराष्ट्रको खर्चमा लेखा समितिका सभापति भरत शाहसहित सदस्यहरु प्रेम आले, चन्दा चौधरी, अमनलाल मोदी, राजेन्द्रकुमार केसी तथा समितिका सचिव रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमान र साउदी अरब घुमेर असार २३ गते नेपाल फर्किएका थिए। त्यसको एक साता नहुँदै समितिले कर मिनाहा गर्न निर्देशन दिएको हो।

नुवाकाेटमा सात जनाको कैद मिनाहा

संविधान दिवस २०७६ को अवसरमा जिल्ला कारागार नुवाकोटमा कैद जीवन बिताइरहेका ७ जनाको कैद माफि मिनाहा गरिएको छ।

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ।

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल

१० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्