बजेट : किसानले लिएको सबै ऋण मिनाहा !
सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ।
सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ।
सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैद साजय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीका ३६ जना कैदीको माफी मिनाहा गरिएको छ। दसैको अवसरमा कैदीको माफी मिनाहा गरिएको हो। माफी मिनाहा भएका कैदीलाई क्षेत्रीय कारागारका जेलर गणेश अधिकारीले विदाई गरेका छन्।
दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे दीर्घराज गिरी छन्।
हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेज गर्न माग गरेको छ।
नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग भएको विषय उठिरहेका बेला सरकारले सेनाको हवाई भाडा बापतको बक्यौता रकम मिनाह गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयको प्रस्तावमा फागुन ३ को मन्त्रिपरिषद बैठकले तीन करोड २३ लाख ९५ हजार रुपैयाँ भन्दा बढी बक्यौता रकम मिनाहाको निर्णय गरेको हो।