२९ वैशाख २०८१ शनिबार
image/svg+xml

८५ घर परिवारलाई राहत

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आइतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।

गरिब र विपन्न परिवारलाई राहत वितरण

सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण

बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ।

आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत

बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

१० हजार बढी यातायात मजदुरलाई खाद्यान्न सहयोग

नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताए ।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

नेपाल–युके फाउण्डेशनद्वारा राहत वितरण

‘पोखरा नेपाल–युके फाउण्डेशन’को आर्थिक सहयोगमा चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई करिब तीन लाख रुपैयाँको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेको छ।

विपन्न वर्गलाई खाद्यान्न समाग्री बितरण

महागढीमाई नगरपालिकाले दुई महिना देखि जारी रहेको लकडाउनको कारणले काम नपाएका रिक्सा, टेम्पो र ठेला चालकहरूलाई खाद्यान्न समाग्री बितरण गरेको छ। रिक्सा, टेम्पो र ठेला चालकहरूले लामो समय देखि काम नपाएर भोकै बस्ने अवस्था आएकोले गर्दा उनीहरूको जिविकोपार्जनको लागि चामल, दाल र नुन लगाएतको खाद्यान्न समाग्री बितरण गरिएको हो।

दिप्रुङमा तेश्रो चरणको राहत वितरण सुरु

लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको हो ।

राहत वितरण : कसरी चिन्ने गरिब ?

थुप्रै विधि छन्, जसका आधारमा कुन वस्ती कहाँ छन् र त्यहाँ के–कस्ता सेवा÷सुविधा पुगेका छन् र गरिब कति छन् भन्ने कुरा सहभागितामूलक तरिकाले पत्ता लगाउन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्