२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

रौतहटका एक वन कर्मचारीको घरबाट हतियारसहित अवैध विस्फोटक पदार्थ सामग्री बरामद भएको छ। जिल्ला वन कार्यालय रौतहटमा कार्यरत वन रक्षक विजय श्रेष्ठको चन्द्रपुर नगरपालिका–१४ चेतनगरस्थित घरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, हतियार तथा हतियारमा प्रयोग हुने गोली र वन्यजन्तुको आखेटोपहार बरामद भएको हो।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सर्लाहीको फुलपरासीमा ६५ वर्षीया महिलाको धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ। आइतबार राती फुलपरासी–४ की ६५ वर्षीया नुनु देवी रायलाई धारीलो हतियारले काटेर विभत्स हात्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

धारिलो हतियार प्रहार गरी महोत्तरीमा एकको हत्या

–अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हतिसर्वा–७ संग्रामपुरका २८ वर्षीय अंजनी मिश्रको हत्या गरेको छ। गएराति (शुक्रबारराति) साढे आठ वजे ३÷४ जनाको समूहमा आएका हतियारधारीको समूहले मिश्रको घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नलप्रसाद उपाध्यायले बताए ।

धमाधम भेटिँदैछन् ‘हराइएका’ हतियार

तत्कालीन विद्रोही नेकपा माओवादीले शान्ति प्रक्रियाको पहिलो खुट्किलोका रुपमा ३० हजार ८ सय ५२ लडाकु र ३ हजार ४ सय २८ थान हतियार सार्वजनिक गर्‍यो। यो तत्कालीन विद्रोही माओवादीका सात मुख्य र २१ सहायक शिविरमा रहेका लडाकु र हतियारको संख्या थियो।

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी र घातक हतियार

प्रहरीले जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ती फेला पार्न नसके पनि अनुसन्धानमा फरार अपराधी र घातक हतियार तथा बिस्फोटक पर्दाथ बरामद गरेको छ।

मुर्ति चोरी अनुसन्धानका क्रममा अत्याधुनिक हतियार बरामद

चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ।

शिक्षा कार्यालयको गाडीमा हतियारको गोली

जाजरकोटमा एक सरकारी गाडीमा अत्याधुनिक हतियारको गोली भेटिएको छ। जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य र श्रोत व्यक्ति टेकवहादुर थापालाइ विद्यालय अनुगमनका लागि जिल्लाको पश्चिमी बजार थलहमा पुर्‍याएर फर्कदै गरेको गाडीलाइ सीमा गाविस १ छेडा बजारमा प्रहरीले जाँच गर्दा गाडीमा दुइ सय पाँच राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउनु हुँदैन : मन्त्री महत

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउन नहुने बताएका छन्। उनले पार्टीहरुको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउँदा त्यसले देशलाई दीर्घकालीन रुपमा ठूलो घाटा हुने जिकिर गरे।

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

इराकी सहर मोसुलका लगभग सबै बच्चाले बन्दुक चलाउन जानेका छन्। तीन हजार पुरानो सो सहर पहिला धेरै शैक्षिक संस्था भएको सहरको रुपमा परिचित थियो। अहिले मोसुल आफ्नो भविष्यकालागि रोइरहेको छ। विगत दुई वर्षदेखि इस्लामिक स्टेटले मोसुलका हरेक बच्चालाई आफ्नो मानव ढालका रुपमा प्रयोग गरिरहेको छ।

यस्तो देखियो प्रहरी–हतियारधारी समुहबीचकाे मुडभेड स्थल !

रौतहटको लालबकैया खोलाको बाँधमा सोमबार विहान प्रहरी र अज्ञात समूहबीच गोली दोहोरो गोली हानाहान हुँदा सशस्त्र समुहका एक व्यक्तिको मृत्यु भयो ।

लुटिएका हतियार प्रहरी नियन्त्रणमा

सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आफ्नो नियन्त्रणमा लिएको छ।

स्थानीय युवाद्वारा प्रहरी चौकीमाथि आक्रमण, हतियार लुटपाट

एक प्रहरी जवानसँग भएको विवादमा पूर्वी सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे छ।

मंगोलियन फोर्सका ५ युवा हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय रोल्पाले राष्ट्रिय मुलबासी मंगोलियन फोर्स नेपाल नामक सशस्त्र जातीय संगठनका ५ युवालाई हतियार पक्राउ गरी सार्वजनिक गरेको छ। जातीय सवाल उठाउँदै सशस्त्र गतिविधि गरी आएको उक्त संगठनका युवालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हतियारधारी नयाँ समूह पक्राउ

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उद्घोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। हातहतियारसहित मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता पक्राउ परेपछि पार्टीका नाममा देशभर हुन सक्ने आतंककारी गतिविधि रोकिएको प्रहरीले दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्