२२ वैशाख २०८१ शनिबार
image/svg+xml

१९ दिनपछि खुल्यो लमजुङ–मनाङ सडक

भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।

चार दिनदेखि ठप्प यातयात सुचारु

धादिङमा चार दिनदेखि ठप्प यातयात सेवा संचालनमा आएको छ। मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै सवारी चालकहरु हडतालमा उत्रिएपछि धादिङ जिल्लाको यातायात सेवा ठप्प भएको थियो।

घुमाउने र जलविरेको पहिरो हटाइयो, नारायणगढ मुग्लीङ सडकखण्ड सुचारु

नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा गएको पहिरो हटाइएको छ।

१८ वर्षपछि वाणिज्य बैंकको सेवा सुचारु

राष्ट्रिय वाणिज्य बैंकको साँघुटारस्थित शाखा करिब १८ वर्षपछि पुनः सञ्चालनमा आएको छ । बुधबार प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त शाखाको उद्घाटन गरे।

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको छ। बिहान ६ः१० बजेतिर चार किलोमा ठुलो पहिरो खस्दा अवरुद्ध बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आजदेखि भोजपुर-काठमाडौं हवाई उडान सुचारु

आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ। नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ ।

पहिरो हटाइपछि नारायणगढ–मुग्लिन सडक सुचारु

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलोमा मंगलबार बिहान खसेको पहिरो डेढ घन्टा पछि हटाइएको छ।

पाल्पा-बुटवल सडक सुचारु

गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।

मुख्यमन्त्रीसँगको छलफलपछि सदन सुचारु

सत्तापक्षी दल र प्रतिपक्षी दलको अडानका कारण आइतबारको प्रदेशसभा बैठक निर्धारित समयभन्दा ५ घण्टापछि मात्र सुचारु भयो । शुक्रबार प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले नीतिगत भ्रष्टाचारको खुड्किलो रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए ।

१७ दिनदेखि अबरुद्ध अन्तर्राष्ट्रिय हुलाक सेवा सुचारु

थाई एयरलाइन्सलाई कार्गो वापतको बक्यौता नतिरेको भन्दै १७ दिनदेखि ठप्प भएको अन्तर्राष्ट्रिय हुलाक सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । हुलाक सेवा विभागले एयरलाइन्स कम्पनीलाई १ करोड १६ लाख बक्यौंता बुझाएसँगै सञ्चालनमा आएको हो।

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ।

रसुवागढी नाका सुचारु

चीनसँगको व्यापारिक नाका रसुवागढी आइतबारबाट सुचारु भएको छ । निर्वाचनको अवधीका लागि ७२ घण्टा नाका सिल गरिएको थियो । बिहिबार राति १२ बजेबाट बन्द गरिएको नाका आइतबार राति १२ बजेबाट औपचारिक रुपमा सुचारु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्