फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सरकारको देखाउने दाँत मात्र भएकाले कुनै पनि काम गर्न नसकेको आयोगकी सदस्य मञ्चला झाले बताएकी छन्। पदाधिकारी बीचको बेमेल, राजनीतिक दबाब र सरकारको उदासीनताका कारण काम हुन नसकेको भन्दै ‘आयोग हात्तीको देखाउने दाँत’ जस्तै भएको उनले टिप्पणी गरिन्।
हावाहुरीसँगै आएको असिना र पानीका कारण रौतहटमा ठूलो क्षति पुर्याएको छ। मंगलबार विहान एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीसमेत नष्ट हुँदा करोडौँको क्षति भएको छ। एक किलोग्राम तौलसम्मको असिनाले सर्वसाधारणको खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरमा बढी क्षति पुर्याएको छ।
आर्थिक अवस्था कमजोर भएपछि समाजमा पीडित भएर बाँच्नुपर्ने अवस्था सिर्जना भएका उदाहरण धेरै भेटिन्छन्। बलियो घर बनाएर बस्न नसक्दा प्राकृतिक विपत्तिले पनि उनीहरूलाई नै बढी दपेट्छ भन्ने उदाहरण बारामा देखिएको छ। चैत १७ गते आइतबारको हावाहुरीका कारण बारामा माटो, इँटा, बास, काठ, खर, खपडा, जस्ता प्रयोग गरी निर्माण गरिएका घरहरूमा बढी क्षति भएको छ। कमजोर संरचनाले बनेका घरहरूले हावाहुरी थाम्न नसक्दा २७ जनाले ज्यान गुमाउनुप¥यो भने चार सय २० जना घाइते भए।
पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट वीरगन्ज औद्योगिक करिडोरका करिब दर्जन उद्योगमा क्षति पुगेको छ। औद्योगिक क्षति करोडौंमा आँकलन गरिएको छ। ‘क्षति धेरै ठूलो छ, उद्योगमा एउटा सानो क्षति भयो भने पनि त्यसको ‘चेन इफेक्ट’ पर्छ र त्यसबाट निकै नोक्सान हुन्छ। यहाँ त भीषण क्षति भएको छ,’ वीरगन्ज उद्योग वाािण्ज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, ‘हामीले क्षतिग्रस्त उद्योगहरुसँग विवरण मागेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिरहेका छौं।’
भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी पार्टी प्रदेश नं. २ को कमिटीले क्षतिपूर्ति माग गरेको छ।
भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति हुनुको साथै करोडौँको भौतिक क्षति भएको छ। गएरातिको हावाहुरीले बाराको भरबालिया भन्ने स्थानमा पक्की घर बाहेक सबै घरमा क्षति पुगेको छ।
जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।
उत्तरी धादिङको खनियावास गाउँपालिका वडा न. १ गर्तुङमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ। स्थानीय चक्रबहादुर तामाङको घरमा खाना पकाउन राखेको ग्यास चुलोबाट आइतबार सांझ एक्कासी आगलागी भएको हो। आगलागीबाट १३ लाख २४ हजार ४ सय ५० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
रौतहटको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको आगलागीमा लाखौको धनमाल जलेर खरानी भएको छ। जिल्लाको वृन्दावन र गौर नगरपालिकामा भएको आगलागीमा लाखौको धनमाल जलेर पूर्ण रुपमा खरानी भएको हो। बृन्दावन नगरपालिका वडा नम्बर ४ सखुअवामा स्थित पुष्पाञ्जली पोल्ट्री फर्ममा अचानक आगो लाग्दा करिब १३ लाख भन्दा बढीको तयारी कुखुरा र पाल्नको लागि राखेको चल्ला नष्ट भएको छ।
झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ। मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्।
मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएका श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।
अस्ट्रेलिया इनस्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाट ठगिएका विद्यार्थीले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै अस्ट्रेलियाको शिक्षा मन्त्रालय डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङसमक्ष लिखित माग राखिसकिएको अस्ट्रेलियाका लागि निमित्त राजदूत द्रुपदा सापकोटाले जानकारी दिइन्।
ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोट परी घाइते भएका सिंह प्रताप गुरुङको मृत्यु भएपछि आफन्तले आन्दोलनको तयारी गरेका छन्।
वन्यजन्तुले क्षति पुर्याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ। निवेदन दिएकामध्ये बिहीबार चार पीडितमध्ये कर्मा धिन्दुप तामाङलाई ३० हजार, कैसाङ तामाङलाई ३५ हजार, सोनाम साबो तामाङलाई ३० हजार राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।